काठमाडौं- भव्य भौतिक संरचना अनि शान्त वातावरणमा ४४ वर्षदेखि अध्ययन/अध्यापन क्षेत्रमा अनवरत सेवा दिइरहेको लिटिल एन्जल्स (एल.ए) स्कुल सस्तो शुल्कमा राम्रो शिक्षा दिनेमध्ये उत्कृष्टमा पर्दै आएको छ।
कक्षा १२ को परीक्षामा उत्कृष्ट १० भित्र पर्दै आएको स्कुलले कक्षा ११ मा हरेक वर्ष ५ सय जना विद्यार्थी भर्ना लिने गरेको छ भने तीमध्ये १ सय जनालाई छात्रवृत्ति दिँदै आएको छ। जसमा ५० जना महानगरपालिकाले गर्ने सिफारिसअनुसार पर्ने गरेका छन् भने बाँकी ५० विभिन्न क्षेत्रबाट आउने गरिब र जेहेन्दारहरुका लागि छात्रवृत्ति कोटा छुट्याइएको छ।
आगामी वर्षका लागि पनि एल.ए समाजिक उत्तरदायित्वअन्तर्गत दुर्गम क्षेत्रका एवम् गरिब तथा जेहेन्दार ५० जना विद्यार्थीलाई विशेष छात्रवृत्ति (पूर्ण र आशिंक) को व्यवस्था गरिएको लिटिल एन्जल्स सेकेन्डरी स्कुलका प्रिन्सिपल कृष्ण अवस्थी बताउँछन्। गाँउपालिका तथा अन्य सिफारिससहितको डकुमेन्ट बुझाएपछि २५ देखि १०० प्रतिशतसम्म छात्रवृत्ति दिइने गरेको उनले जानकारी दिए। यस्तै महानगरले पनि पठाउने गरेको ५० जनालाई सोही सिफारिसअनुसार २५ देखि १०० प्रतिशतसम्म छात्रवृत्ति दिँदै आएको प्रिन्सिपल अवस्थी बताउँछन्।
जावलाखेलको हात्तीवनमा रहेको भव्य संरचना, शान्त वातावारणमात्रै नभएर यहाँको गुणस्तरीय शिक्षाले पनि प्रत्येक विद्यार्थीलाई लोभ्याउने गरेको छ। नम्बर वान लाइब्रेरी, नम्बर वान ल्याब, नम्बर वान क्लासरुम मात्रै नभएर खेलकुद र प्रयोगात्मकमा समेत लिटिल लिटिल एन्जल्स स्कुल उत्कृष्ट रहेको प्रिन्सिपल अवस्थी दाबी गर्छन्। शान्त वातावरण एवं सर्वसुलभ शुल्कमा समय सुहाउँदो संस्कारसहितको शिक्षण सिकाइ गराउने विद्यालयको मुख्य उद्देश्य रहेको उनको भनाइ छ।
विज्ञान र व्यवस्थापन संकायमा विद्यार्थी बढाउँदै आएको स्कुलले ५ सय जना मात्रै भर्ना लिने गरेको छ। जसमा व्यवस्थापनतर्फ २ सय ५० र विज्ञानतर्फ २ सय ५० जनागरी ५ सय जनामात्रै विद्यार्थीले यहाँ अध्ययनको अवसर पाउँछन्। एउटा सेक्सनमा ३६ जनाभन्दा बढी विद्यार्थी नहुने गरेको प्रिन्सिपल अवस्थीले जानकारी दिए।
उनका अनुसार लिटिल एन्जल्सका विद्यार्थी देशभित्र इन्जिनियरिङ, मेडिकलतर्फ मात्र होइन, विदेशका सुप्रसिद्ध विश्वविद्यालयसम्म पुगेका छन्। सामान्यतः विद्यार्थी कक्षा ११ मा आउँदै निर्धक्क विषय छान्ने र आफ्नो भविष्यको बाटो पहिल्याउने भएर आएका हुन्छन्। तर, यदि कसैमा दुविधा छ भने विद्यार्थीको क्षमता पत्ता लगाएर बाटो पत्ता लगाइदिने काम समेत स्कुलले गर्ने गरेको उनले बताए।
स्कुलमा क्यान्टिनसमेत रहेको छ, जहाँ हाइजेनिक खानेकुराहरु हुन्छन्। स्कुलमा होस्टेलमा रहेको छ। दिनमा चारपटक खानाको समेत व्यवस्था रहेको छ। जसमा एउटा रुममा बढीमा चारजना मात्रै बस्न पाउने छन्। साथै बिहान र बेलुका विशेष क्लाससमेत होस्टेलका विद्यार्थीले पाउने छन्।
मासिक ९ हजार ५ सय शुल्क र भर्नाको लागि २५ हजार र अन्य शुल्क गरेर ५२ हजार शुल्क स्कुलले लिने गरेको छ। 'सस्तो शुल्कमै उत्कृष्ट शिक्षा हामीले दिइरहेका छौँ', प्रिन्सिपल अवस्थीले भने।
३ सय ५० रोपनी जग्गामा भव्य संरचना रहेको स्कुलमा एल.ए एजुकेशन ग्रुपमा ७ हजार ५ सय विद्यार्थी रहेका छन्।