शनिबार, फागुन ३ गते २०८१    
शनिबार, फागुन ३ २०८१
images
images

भद्रकाली मन्दिर परिसरका संरचना पुनःनिर्माण सुरु, ३४ करोड खर्च लाग्ने

images
बिहीबार , असार २७ २०८१
images
images
भद्रकाली मन्दिर परिसरका संरचना पुनःनिर्माण सुरु, ३४ करोड खर्च लाग्ने

यसको निर्माण परम्परागत नेवारी शैलीमा हुनेछ। कुँदिएका बुट्टेदार ढोका, झ्याल, थाम हुनेछ। छानो झिँगटीको हुनेछ।

images
images

काठमाडौं- आजबाट भद्रकाली मन्दिर परिसरको दक्षिण पश्चिमबाट भवन पुनःनिर्माण सुरु भएको छ।

images
images
images

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले जग पूजा तथा शिलान्यास गरी पुनःनिर्माण थालनी भएको हो।

images
images

मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी सत्तललगायत भवन संरचना छन्। यसको पुनर्निर्माणको लागत अनुमान ३६ करोड रूपैयाँ हो। सम्पदा तथा पर्यटन विभागका वरिष्ठ इञ्जिनियर रविन्द्र रिजालका अनुसार ३४ करोड ८० लाख ७१ हजार रूपैयाँमा तुल्सी अम्बुजा जेभीले पुनःनिर्माणको जिम्मा पाएको छ।

images
images
images

यसको निर्माण परम्परागत नेवारी शैलीमा हुनेछ। कुँदिएका बुट्टेदार ढोका, झ्याल, थाम हुनेछ। छानो झिँगटीको हुनेछ।

यसको डिजाइन सहरी योजना आयोगले तयार पारेको हो। पुनर्निर्माणका क्रममा मन्दिर क्षेत्रमा भएका संरचना, शिल्प र शैलीको अभिलेखन (अवस्था तथा तथ्यको विवरण) तयार पार्ने काम पुरातत्व विभागलाई दिइएको छ।

अहिलेको संरचना भत्काएपछि संकलन हुने निर्माणजन्य सामग्रीलाई पुरातत्व विभाग, गुठी संस्थान, लुमधी भद्रकालीे व्यवस्थापन समितिसहितको सहजीकरण समितिले समन्वय र व्यवस्थापन गर्नेछ।


प्रकाशित : बिहीबार , असार २७ २०८११६:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend