आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

स्रोत नखुलेको ३८ लाख रकमसहित एकजना पक्राउ

images
बिहीबार , असार २७ २०८१
images
स्रोत नखुलेको ३८ लाख रकमसहित एकजना पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले स्रोत नखुलेको रकमसहित चितवनका माधव श्रेष्ठलाई सुन्धाराबाट पक्राउ गरेको हो।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिका-२२ सुन्धाराबाट स्रोत नखुलेको ३८ लाख रूपैयाँसहित चितवन भरतपुर महानगरपालिका-१५ गणेशटोल निवासी ४८ वर्षीय माधव श्रेष्ठलाई पक्राउ गरिएको छ।

images
images
images

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो। साथै प्रहरीले बाप्र२०४८प ८१३० नम्बरको स्कुटर र एक थान मोबाइल पनि बरामद गरेको छ।

images
images

यसैबीच, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-७ कुमारीगाल बस्ने ५२ वर्षीय मणिराम पौडेललाई प्रहरीले पक्राउ गरेको छ।

images
images

बैंकिङ कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट २०८१ असार १२ गते पक्राउ अनुमति जारी भइ फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका कुमारीगालबाट पक्राउ गरेको हो।

उनलाई प्रहरी वृत्त गौशालाले हिरासतमा लिएर अनुसन्धान थालेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , असार २७ २०८११३:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend