मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

निजी क्षेत्रसँग मिलेर १० वर्षमा नयाँ पुस्तालाई धनी बनाउन लागौँ : मन्त्री कार्की

images
शुक्रबार, पुस १६ २०७८
images
images
निजी क्षेत्रसँग मिलेर १० वर्षमा नयाँ पुस्तालाई धनी बनाउन लागौँ :  मन्त्री कार्की

उनले सरकारले मुलुकको समृद्धिका लागि निजी क्षेत्रसँग ठूलो अपेक्षा गरेको पनि बताए।

images
images

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबै क्षेत्रको एउटै लक्ष्य मुलुकको समृद्धि हुनुपर्ने बताएका छन्। 

images
images

सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले सरकारले निजी क्षेत्रसँग मिलेर १० वर्षमा नयाँ पुस्तालाई धनी पुस्ताको रुपमा विकसित गर्न चाहेको बताए। उनले व्यवहारबाटै नयाँ पुस्तालाई दश वर्षभित्र धनी बनाउन सबैले समृद्धिको अभियानलाई अघि बढाउनुपर्ने बताए।

images
images

नेपाल चेम्बर अफ कमर्सले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारले मुलुकको समृद्धिका लागि निजी क्षेत्रसँग ठूलो अपेक्षा गरेको पनि बताए।

images
images
images

‘निजी क्षेत्र, जसले मुलुकको आर्थिक गतिविधिलाई अगाडि बढाउनका निमित्त, मुलुकलाई समृद्धिको दिशामा लैजानका निमित्त जुन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। त्यो क्षेत्रसँग अपेक्षा पनि गरेको छ। म चाहन्छु अबको पुस्तालाई धनी बनाउनका निमित्त हामी सबै एकजुट भएर लागौँ', उनले भने, 'हामी सबै एकजुट भएर लाग्यौं भने १० वर्षमा दस्तावेजमा होइन्, कार्यक्रममा, भाषणमा होइन, हामी व्यवहारमा दश वर्षमा विदेश जाँदाखेरी आत्माग्लानी हुनुनपर्ने पुस्ताको रुपमा विकसित गर्न चाहन्छौँ।'

उनले समृद्धिका लागि व्यवसायीहरूले थप योगदान दिने विश्वास समेत व्यक्त गरे। कार्यक्रममा उनले नेपाल चेम्बर अफ कमर्सको ७० वर्ष पुगेको अवसरमा हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा लगाएका थिए।


प्रकाशित : शुक्रबार, पुस १६ २०७८१२:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend