आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

नलिन्चोक हेलिप्याडमा उडान नगर्ने पाइलटहरूको चेतावनीपछि अध्ययन समिति गठन

images
बिहीबार , असार २७ २०८१
images
नलिन्चोक हेलिप्याडमा उडान नगर्ने पाइलटहरूको चेतावनीपछि अध्ययन समिति गठन

एक हप्ताभित्र सुझावसहितको प्रतिवेदन दिनेगरी उक्त समिति बनाइएको हो।

images
images

काठमाडौं- हालै निर्माण सम्पन्न भएको नलिन्चोक हेलिप्याडमा उडान नगर्ने पाइलटहरूले चेतावनी दिएपछि नेपाल नागरिक उड्ययन प्राधिकरणले अध्ययन समिति बनाएको छ। 

images
images
images

पाइलटहरूले उठाएका सुरक्षाका प्रश्नमा आधारित भएर अध्ययन गरी सुझाव दिन भन्दै प्राधिकरणले समिति बनाएको हो।

images
images

एक हप्ताभित्र सुझावसहितको प्रतिवेदन दिनेगरी उक्त समिति बनाइएको हो। 

images
images

प्राविधिक तथा विज्ञहरू सम्मिलित समितिले सुझाव दिएपछि प्राधिकरणले थप निर्णय गर्ने भएको छ। यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टर विस्थापित गर्नेगरी भक्तपुरमा हेलिप्याड निर्माण गरिएको थियो। 

सबै सुविधासहितको उक्त हेलिपोर्टमा उडानका लागि पाइलट अनिच्छुक देखिएपछि प्राधिकरणले अध्ययन समिति बनाएको हो। 


प्रकाशित : बिहीबार , असार २७ २०८११३:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend