शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

उच्च मूल्यबाट तल ओर्लिएको साहस ऊर्जामा फेरि किन लगानीकर्ता झुम्मिए?

images
शनिबार, पुस १७ २०७८
images
उच्च मूल्यबाट तल ओर्लिएको साहस ऊर्जामा फेरि किन लगानीकर्ता झुम्मिए?
images
images

काठमाडौं- लगातार सर्किट लागेर ७८९ रुपैयाँ प्रतिकित्ता मूल्य पुगेर घटेको साहस ऊर्जाको सेयरमा फेरि लगानीकर्ता फर्किन थालेका छन्। 

images
images
images

साहस ऊर्जाको सेयर मूल्य ५२ हप्तामा ४०५.३० रुपैयाँ न्यूनतम मूल्य रहेको थियो। कम्पनीको सेयर मूल्य लगातार वृद्धि हुँदै ७८९.४० रुपैयाँ पुगेपछि पुनः घटेको थियो। घटेको कम्पनीको सेयर मूल्य पुनः लगातार बढेर ५४५ रुपैयाँ पुगेको छ। गत बुधबार कम्पनीको सेयर १६ हजार १७० कित्ता कारोबार भएको थियो। 

images
images

गत कात्तिक ११ गते धितोपत्र दोस्रो बजारमा सेयर सूचीकृत भएको थियो। गत असोज १७ गते सर्वसाधारणमा आईपीओ जारी गरेको थियो।

images
images
sahas ujra 1.PNG

पहिलो कारोबार दिन प्रिओपनिङ सेसनमा कम्पनीको प्रतिकित्ता ४०५ दशमलव ३० मा सेयर कारोबार भएको थियो। कम्पनीको वित्तिय विवरण र लगानीमा सन्तुलन कायम देखेका लगानीकर्ताहरू साहसको सेयरमा आकर्षित भएका थिए।  

कम्पनीको दोस्रो बजारमा ३ करोड ५० करोड सेयर सूचीकृत रहेको छ।

कम्पनीको कुल सेयरको मूल्य अर्थात् कुल बजार पूँजीकरण १९ अर्ब ७५ लाख रुपैयाँ रहेको छ भने ३ अर्ब ५० करोड चुक्तापुँजी रहेको छ।

सोलुखुम्बु जिल्लामा ८६ मेगावाट क्षमताको सोलु खोला दुधकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। यस आयोजनको लागत ११ अर्ब ८६ करोड १ लाख १३ हजार रहेको छ।


प्रकाशित : शनिबार, पुस १७ २०७८०२:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend