तनहुँ- पहिरोका कारण पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन भएको छ।
आँबुखैरेनी गाउँपालिका-४ ऐनापहरा नजिक आज दिउँसो खसेको पहिरोले उक्त खण्ड एकतर्फी सञ्चालन भएको हो।
ऐनापहरास्थित सडकमाथिबाट डाँडा खसेपछि सडक एकतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
म्याग्दे गाउँपालिका-६ स्थित मौरीओडार सडक पनि एकतर्फी रूपमा सञ्चालन भएको छ।
नदीले बगाएका फेला परेनन्
तनहुँको व्यास नगरपालिका-१ स्थित छाब्दी खोला दोभानमा खोलाले बगाएका काठदाउरा खोज्न गएका ५५ वर्षीय तालबहादुर थापा बेपत्ता भएका छन्। रासस