काठमडौं- गुण एयरलाइन्सले पुस १८ देखि काठमाडौं- सुर्खेत उडान सुरु गर्ने भएको छ।
दुईवटा अमेरिकी बिचक्राफ्ट र पाँच वटा जेट्स्ट्रीमसहित कुल सात वटा विमानबाट उडान सेवा सञ्चालन गरिरहेको गुण एयरलाइन्सले यसअघि भरतपुर, पोखरा, तुम्लिङटार भैरहवा, नेपालगञ्ज, विराटनगर, सिमरा र जनकपुरमा भने नियमित गरिरहेको छ।
गुण एयरलाइन्सका प्रवक्ता एवम बजार प्रमुख प्रज्वल थापाले यात्रुहरुलाई सुरक्षित र भरपर्दो हवाइ सेवा दिन कुनै कसर बाँकी नराख्ने बताए।
गुणस्तरीय हवाइ सेवा दिन त्यसैअनुसार उडानहरु थप गर्दै आन्तरिक हवाइ बजारमा प्रतिस्पर्धामा आफूहरु पनि गइरहेको र त्यसै अनुरुपको उच्च स्तरको सेवा दिँदै उडान गरिरहेको उनको भनाइ छ।