शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

बागलुङका दूध किसानले पाए १६ लाख रूपैयाँ अनुदान

images
बुधबार, असार २६ २०८१
images
बागलुङका दूध किसानले पाए १६ लाख रूपैयाँ अनुदान
फाइल तस्बिर

जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले लिएको योजनामध्ये दूधमा अनुदान कार्यक्रम फलदायी भएको देखिएको छ।

images
images

बागलुङ- जिल्लाका दुग्ध किसानले यस वर्ष दूधमा पाइने अनुदानमार्फत १६ लाख ४२ हजार रूपैयाँ रकम भित्र्याएका छन्।

images
images
images

जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले लिएको योजनामध्ये दूधमा अनुदान कार्यक्रम फलदायी भएको देखिएको छ। केन्द्रले घाँस र मासुमा दिइने अनुदान आगामी आर्थिक वर्षदेखि कटौती गरेको जनाएको छ।

images
images

घाँस र मासुमा दिने अनुदान प्रभावकारी नभएको देखिएपछि बन्द गर्न लागिएको केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले बताए। दूधमा भने प्रतिलिटर २.५ रूपैयाँ अनुदान दिँदै आइएको उनले जानकारी दिए।

images
images

यसवर्ष सात वटा दुग्ध उत्पादक सहकारीमा आबद्ध किसानले सोझै उक्त रकम पाएका छन्। दूधमा आत्मनिर्भर गराउन महत्वपूर्ण भूमिका खेलका दुग्ध उत्पादन सहकारीमा आबद्ध किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिँदै आइएको केन्द्रले जनाएको छ।

चालु आर्थिक वर्षमा केन्द्रले विनियोजन गरेको २४ लाखमध्ये १६ लाख ४२ हजार रूपैयाँ रकम सोझै किसानले पाएका केन्द्रका प्रमुख सापकोटाले जानकारी दिए। अनुदान पाउन एउटै संकलन केन्द्रले दैनिक दुई सय लिटर दूध संकलन र बजारीकरण गरेको हुनुपर्ने भएकाले व्यक्तिगतरुपमा दूध बिक्री गर्ने किसान मापदण्डमा नपरेका उनले बताए।

'संस्थागत रुपमा दूधको बजारीकरण गरेको तथ्यांकका आधारमा दुई दशमलव पाँच रूपैयाँका दरले अनुदान दिएका छौँ', सापकोटाले भने, 'सात वटा सहकारीमार्फत दूधको संकलन र बजारीकरण गर्ने सहकारीमा आबद्ध किसानले मात्रै उक्त रकम प्राप्त गरेका छन्। सहकारीको खातामा राखिएको रकम सहकारीले संकलन गरेको दूधको आधारमा पुनः किसानलाई भुक्तानी गर्दछ।'

केन्द्रले बलेवाको कालीगण्डकी, जैमिनी, कालीमाटी, नमूना, मिलिजुली, पाला र बागलुङ पशु स्रोत दुग्ध उत्पादक सहकारी संस्थालाई प्रतिलिटर २.५ रूपैयाँका दरले दूधमा अनुदान दिएको हो।

सात वटै सहकारीले एक वर्षमा ६ लाख ५६ हजार लिटर दूध संकलन, प्रशोधन तथा बजारीकरण गरेका छन्।

दूधमा अनुदान पाउँदा किसान दूध उत्पादनमा अग्रसर भएका स्थानीय रुद्रनाथ शर्माले बताए। उनका अनुसार पशु सेवा केन्द्रले दिएको तथ्यांकको आधारमा जैमिनी नगरपालिकाले पनि स्थानीय पशुपालक किसानलाई २.५ रूपैयाँका दरले दूधमा अनुदान दिन थालेको छ। रासस


प्रकाशित : बुधबार, असार २६ २०८११३:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend