शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

अविरल वर्षा हुँदा भोजपुरमा सडक भासियो

images
बुधबार, असार २६ २०८१
images
अविरल वर्षा हुँदा भोजपुरमा सडक भासियो

भोजपुर-चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा बुधबार बिहान करिब ६० मिटर सडक भासिएको हो।

images
images

भोजपुर- अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका-३ मेस्पाङमा सडक भासिएको छ। भोजपुर-चखेवा सडकखण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो। 

images
images
images

कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताइन्। उक्त स्थानमा आज बिहान सडक भासिएको हो।

images
images

'वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत मेस्पाङमा सडक भासिएको छ', उपाध्यक्ष राईले भनिन्, 'सडकमा ठूलो क्षति भएको छ। यसरी नै निरन्तर वर्षा भयोभने अझ बढी क्षति हुनसक्छ।' रासस

images
images


प्रकाशित : बुधबार, असार २६ २०८१११:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend