आइतबार, असार २२ गते २०८२    
आइतबार, असार २२ २०८२
images
images

११ महिनामै ३१ लाखभन्दा बढीले गरे आन्तरिक हवाई यात्रा

images
शुक्रबार, पुस १६ २०७८
images
images
११ महिनामै ३१ लाखभन्दा बढीले गरे आन्तरिक हवाई यात्रा
images
images

काठमाडौं- कोभिडका कारण शिथिल बनेको हवाई उड्डयन क्षेत्र लयमा फर्कन थालेको छ। कोभिड महामारी सुरु भएसँगै ६ महिनासम्म बन्द भएको आन्तरिक उडान पुनः पहिलेकै अवस्थामा फर्किएको छ।

images
images

नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२१ को ११ महिनामै आन्तरिक हवाई यात्र गर्ने यात्रुको संख्या ३१ लाख १६ हजार ६ सय ७५ पुगेको छ। यो संख्या सन् २०२० को तुलनामा ११३ प्रतिशतले बढी हो। सन् २०२० मा कुल १४ लाख ५७ हजार ५ सय ३९ जनाले आन्तरिक हवाई यात्रा गरेका थिए।

images
images

यसैगरी अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या पनि विस्तारै बढ्न थालेको छ। प्राधिकरणका अनुसार सन् २०२१ को ११ महिनामा १२ लाख ८० हजार २ सय २१ जनाले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन्। सन् २०२० अन्तर्राष्ट्रिय हवाई यात्रा गर्ने यात्रुको संख्या ११ लाख ५ हजार १ सय ५९ थियो।

images
images
images


प्रकाशित : शुक्रबार, पुस १६ २०७८१०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend