शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

चार दिनदेखि अवरुद्ध बुद्धसिंह मार्ग खुल्यो

images
बुधबार, असार २६ २०८१
images
चार दिनदेखि अवरुद्ध बुद्धसिंह मार्ग खुल्यो

स्थानीयवासीका अनुसार निउरोघारीमा गएको पहिरो सोमबार नै हटाइएको छ भने साना पहिरो मंगलबार बिहानबाट हटाइएको थियो।

images
images

तनहुँ- पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंह मार्गको पहिरो हटाइएको छ।

images
images
images

तनहुँको सदरमुकाम दमौलीबाट चितवनको घुमाउने निस्किने उक्त मार्गको विभिन्न ठाउँमा गएको पहिरो हटाउन सोमबार साँझदेखि काम सुरु गरिएको थियो।

images
images

पहिरोले विभिन्न ठाउँमा ठूलाठूला ढुंगा खसेपछि गत शनिबारदेखि उक्त मार्ग अवरुद्ध थियो। स्थानीयवासी सिद्धान्त थापामगरका अनुसार व्यास नगरपालिका-१३ बेलबास निउरोघारीमा गएको पहिरो सोमबार नै हटाइएको छ भने साना पहिरो मंगलबार बिहानबाट हटाइएको थियो। उनले भने, 'ठूला ठूलो ढुंगा खसेका ठाउँमा सोमबार नै पहिरो हटाइएको छ, अरु सहायक बाटोमा मंगलबार बिहानदेखि काम सुरु गरिएको थियो।'

images
images

गण्डकी प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको बुद्धसिंह मार्गले तनहुँको सदरमुकाम दमौली र चितवनको घुमाउने जोड्छ। उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिका केही वडाका हजारौँ नागरिक दैनिक आवतजावत गर्ने गर्छन्।

गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो दुरीको वैकल्पिक सडकका रूपमा उक्त सडकलाई लिने गरिएको छ। गण्डकी प्रदेश सरकारले उक्त सडकको दमौलीबाट व्यास-१३ को सोढेसम्म १० किलोमिटर कालोपत्रको तयारी गरे पनि काम सन्तोषजनक छैन।

उक्त बुद्धसिंह मार्गलाई मुग्लिन-नारायणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्कीपुल निर्माणाधीन अवस्थामा छ। सो पुलको निर्माण सम्पन्नपश्चात बाटो छोटिन्छ। पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सञ्चालनमा रहेको पृथ्वीराजमार्गको मुग्लिन हुँदै नारायणगढ जानुभन्दा करिब २५ किलोमिटर छोटो पर्छ।

पहिरोले विद्युत् पोल मर्मतमा समस्या

बुद्धसिंह मार्गअन्तर्गत तनहुँको सुडे साराङघाट क्षेत्रमा पहिरो गएपछि विद्युत् पोल ढलेर विद्युत् अवरुद्ध भएको छ। पहिरो हटाउन ढिलाइ हुँदा विद्युत् पोल मर्मत गर्न समस्या भएको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ।

दमौली सुडे साराङघाट खण्डमा ठाउँ-ठाउँमा पहिरो गएको र सेती नदीमा आएको बाढीले सडक भत्काउँदा विद्युत् पोल मर्मतमा समस्या भएको वितरण केन्द्रका प्रमुख विजय रेग्मीले जानकारी दिए।

उहाँका अनुसार यस खण्डमा १६ वटा पोल ढलेको छ। पोल ढलेपछि साराङघाट सबस्टेशनबाट विद्युत् आपूर्ति हुने देवघाट गाउँपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिकाका केही भागमा विद्युत् अवरुद्ध भएको छ। सडकको पहिरो छिटो पन्छाएको खण्डमा विद्युत् मर्मत गराउन सहज हुने प्रमुख रेग्मीले बताए।

उनले भने, 'पहिरो नहटाउँदासम्म विद्युत् मर्मत गर्न समस्या भइरहेको छ। आवश्यक पोल तार लैजान सहज हुन्थ्यो।' रासस


प्रकाशित : बुधबार, असार २६ २०८११०:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend