आइतबार, भदौ २३ गते २०८१    
images
images

कोभिडका कारण नागरिक उड्डयन प्राधिकरणको आम्दानी घट्यो

images
शुक्रबार, पुस १६ २०७८
images
images
कोभिडका कारण नागरिक उड्डयन प्राधिकरणको आम्दानी घट्यो
images
images

काठमाडौं- कोभिड १९ का कारण नेपाल नागरिक उड्डयन प्राधिकरणको आम्दानीमा लगातर २ वर्ष गिरावट आएको छ। प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा आर्थिक वर्ष २०७५/०७६ को तुलना आम्दानी ६७ प्रतिशतले कमी आएको छ।

images
images
images

प्राधिकरणले आर्थिक वर्ष २०७७/७८ मा जम्मा २ अर्ब ९५ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ। प्राधिकरणले आर्थिक वर्ष ०७५/०७६ मा ९ अर्ब १ करोड १८ लाख आम्दानी गरेको थियो। यसैगरी प्राधिकरणले आर्थिक वर्ष २०७६/०७७ मा भने जम्मा ६ अर्ब ३७ करोड ४९ लाख रुपैयाँ मात्रै आम्दानी गरेको थियो।

प्राधिकरणले गत आर्थिक वर्ष २०७७/०७८ मा ४१ अर्ब ११ करोड ३ लाख रुपैयाँको खर्च अनुमान गरेको थियो। तर १६ अर्ब ८२ करोड ४८ लाख रुपैयाँ मात्रै खर्च गरेको  प्राधिकरणले जनाएको छ।


प्रकाशित : शुक्रबार, पुस १६ २०७८१०:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend