कालीकोट- अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुलेको छ। गत शुक्रबारदेखि बन्द यो बाटो आज मंगलबार अपराह्नदेखि एकतर्फी खुला भएको हो।
कालिकोटको शुभकालिका गाउँपालिका-१ मा गगनेखोलामा पहिरो पन्छाएपछि सडक एकतर्फी खुला भएको जुम्लास्थित डिभिजन सडक कार्यालयले जनाएको छ।
राजमार्गको पहिरो पन्छाएपछि एकतर्फी रुपमा सवारीसाधनका निम्ति खुला गरिएको उक्त कार्यालयका प्रमुख चेतनकुमार मण्डलले जानकारी दिएका छन्।