शुक्रबार, चैत १ गते २०८१    
शुक्रबार, चैत १ २०८१
images
images

जलस्रोत विधेयक दफावार छलफलका लागि समितिमा

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार २५ २०८१
images
images
जलस्रोत विधेयक दफावार छलफलका लागि समितिमा

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए।

images
images

काठमाडौं- प्रतिनिधिसभाको बैठकले ‘जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्तुत गरिएको प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको छ।

images
images

आज मंगलबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए।

images
images

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट सिँचाइमन्त्री बस्नेतले ‘थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन’ पनि पेस गरे। 

images
images

बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को कार्यभारसम्बन्धी र विधेयक प्रमाणिकरणसम्बन्धी पत्र पढेर सुनाइको थियो। 

प्रतिनिधिसभाको अर्काे बैठक यही असार २७ गते दिउँसो ४ चार बजे बस्नेछ। रासस


प्रकाशित : मंगलबार, असार २५ २०८११५:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend