शुक्रबार, चैत १ गते २०८१    
शुक्रबार, चैत १ २०८१
images
images

बाढीपछि सुरक्षित स्थानमा सरेकाहरू मौसममा सुधार भएसँगै घर फर्कंदै

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार २५ २०८१
images
images
बाढीपछि सुरक्षित स्थानमा सरेकाहरू मौसममा सुधार भएसँगै घर फर्कंदै

दोधारा चादँनी, बेल्डाडी, बेदकोट नगरपालिकालगायत क्षेत्रका बस्ती डुबानमा परेपछि अन्यत्र सरेकाहरु घर फर्कने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

images
images

कञ्चनपुर- मौसममा क्रमशः सुधार भएसँग जिल्लाका बाढीपीडित घर फर्कन थालेका छन्। सोमबार अपराह्नसम्म वर्षाका कारण कञ्चनपुरका नौवटा पालिकाका चार हजारभन्दा बढी सुरक्षित स्थानमा सरेका थिए।

images
images

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले आज बिहानसम्म दुई हजार सातजना घर फर्किएका बताए।

images
images

महाकाली नदीमा पानीको सतह घटेपछि आजदेखि बनबासा पुलमा आवागमन पनि खुलिसकेको जानकारी दिए। बाढी तथा घर डुबानमा परेका पीडितहरु विद्यालय, वडा कार्यालय, सार्वजनिक स्थान र आफन्तको आश्रयमा पुगेका थिए। 

images
images

दोधारा चाँदनी नगरपालिकामा पीडितहरु अम्बिका माध्यमिक विद्यालयमा सयौँ परिवार अझै बसिरहेका छन्भने भीमदत्त नगरपालिका-१२ ऐरीस्थित वडा कार्यालय भवन र वडा नं १८ सालघारीस्थित मदन भण्डारी आधारभूत विद्यालयमा आश्रय लिइरहेका छन्।

भीमदत्त नगरपालिका-१८ का वडाध्यक्ष रवीन्द्र देवकोटाले मदन भण्डारी आधारभूत विद्यालयमा एक सय ३०, वडा कार्यालयमा एक सय र महेन्द्रनगर माविमा ६० जना पीडितले आश्रय लिएको बताए।

दोधारा चादँनी, बेल्डाडी, बेदकोट नगरपालिकालगायत क्षेत्रका बस्ती डुबानमा परेपछि अन्यत्र सरेकाहरु घर फर्कने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जिल्लामा बाढीमा परी तीन किशोरी र एक सातमहिने शिशुसहित चार जनाको मत्यु भएको छभने एकजना अझै बेपत्ता छन्। रासस


प्रकाशित : मंगलबार, असार २५ २०८११४:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend