शुक्रबार, चैत १ गते २०८१    
शुक्रबार, चैत १ २०८१
images
images

पहिरोले डुम्रे-बेँसीसहर सडक अवरुद्ध

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार २५ २०८१
images
images
पहिरोले डुम्रे-बेँसीसहर सडक अवरुद्ध

उक्त स्थानमा पटकपटक पहिराले सडक अवरुद्ध बनाउँदै आएको छ। सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन्।

images
images

लमजुङ- वर्षाका कारण पहिरो जाँदा डुम्रे- बेँसीसहर सडक अवरुद्ध भएको छ। सो सडकअन्तर्गत बेँसीसहर नगरपालिका-१ दलालमा आज मंगलबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

images
images

कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईँका अनुसार सो स्थानमा पटकपटक पहिराले सडक अवरुद्ध बनाउँदै आएको छ। सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन्।

images
images

लमजुङ-तनहुँ जिल्ला जोड्ने मुख्य यस सडक हुँदै बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवन, भैरहवालगायत स्थानमा जाने र सो स्थानबाट बेँसीसहर र मनाङ आउने यात्रुलाई बर्खायाममा बर्सेनि समस्या हुँदै आएको छ। रासस

images
images


प्रकाशित : मंगलबार, असार २५ २०८१०९:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend