शनिबार, पुस ६ गते २०८१    
images
images

महासंघको विधान संशोधन : अध्यक्ष फेरि प्रत्यक्ष निर्वाचनबाट, दुईजना वरिष्ठ उपाध्यक्ष हुने

images
सोमबार, असार २४ २०८१
images
images
महासंघको विधान संशोधन : अध्यक्ष फेरि प्रत्यक्ष निर्वाचनबाट, दुईजना वरिष्ठ उपाध्यक्ष हुने

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष अबदेखि प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ। यसअघिको विधानमा महासङ्घका वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधान थियो।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष अबदेखि प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ। यसअघिको विधानमा महासंघका वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधान थियो। 

images
images
images

सो विधानलाई महासंघको कार्य समितिले आज सर्वसम्मत संशोधन गरेपछि अब महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट छानिने भएको हो।

images

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधान आजको कार्यसमिति बैठकले सर्वसम्मतिले पारित गरेको र अबदेखि नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष नै निर्वाचनबाट चयन हुने भएको जानकारी दिए। 

images

WhatsApp Image 2024-07-08 at 20.53.16.jpeg

उनले यसअघि पनि यसै बमोजिमको विधान संशोधनका लागि विभिन्न कार्यदल एवं समितिहरु गठन गरी काम गरिएको भएपनि सहमति हुन नसकेकाले वरिष्ठ उपाध्यक्षबाट नै पछि अध्यक्ष हुनेगरी निर्वाचन गर्ने व्यवस्था गरिएको अध्यक्ष ढकालले जानकारी दिए।

ढकालले निर्वाचनकै समयमा विधान संशोधन गर्दै अध्यक्ष प्रत्यक्ष निर्वाचित गर्ने वाचा गरेका थिए। यो प्रावधानले सक्षम व्यक्तिलाई प्रत्यक्ष रुपमा अध्यक्ष लड्न सहयोग पुग्ने ढकालले बताए।

यो प्रावधान हालका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष भएपछिको अर्को एक कार्यकालपछि लागु हुने बताइएको छ। हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको अध्यक्ष कार्यकाल सकिएपछि विधान कार्यन्वयनमा जाने छ।

संशोधित नयाँ विधानमा वरिष्ठ उपाध्यक्ष दुई जनाको व्यवस्था गरिएको छ भने हाल एक महिला उपाध्यक्ष रहेकामा थप एकजना महिला उपाध्यक्षको पनि व्यवस्था गरिएको छ।

महासंघको कार्यसमितिबाट संशोधित उक्त विधानलाई आगामी मङ्सिर मसान्तभित्र महासंघको विशेष साधारणसभाले पारित गर्ने महासंघले जनाएको छ।


प्रकाशित : सोमबार, असार २४ २०८१२०:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend