शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

नथिङ ब्रान्डका फोन, स्मार्ट वाच र एयर बड्स नेपालमा

images
सोमबार, असार २४ २०८१
images
images
नथिङ ब्रान्डका फोन, स्मार्ट वाच र एयर बड्स नेपालमा

नथिङ टेक्नोलोजी लिमिटेडले नेपालमा सीएमएफ फोन वान, सीएमएफ बड्स प्रो टु र वाच प्रो टु लञ्च गरेको हो।

images
images

काठमाडौं- नथिङ मोबाइल ब्रान्डले नेपालमा आफ्नो फोन, स्मार्ट वाच र एयर बड्स सार्वजनिक गरेको छ।

images
images
images

आफ्नो उपब्रान्ड सीएमएफमार्फत विश्वव्यापीरुपमा आफ्नो उत्पादन लाइनअप विस्तार गरिरहेको कम्पनी नथिङ टेक्नोलोजी लिमिटेडले नेपालमा सीएमएफ फोन वान, सीएमएफ बड्स प्रो टु र वाच प्रो टु लञ्च गरेको हो।

उत्कृष्ट डिजाइन तथा उपभोक्ता केन्द्रित नथिङ ब्रान्डले व्यापारिक साझेदार, सेलिब्रेटी र मिडियाहरुको उपस्थितिमा भिवान्ता काठमाडौंमा आयोजित कार्यक्रममा अभिनेता प्रदीप खडकालाई आफ्नो ब्रान्ड एम्बास्डर रूपमा घोषणासमेत गरेको छ।

images

कार्यक्रममा चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरी र अभिनेता खडकाले उक्त ब्रान्डका मोबाइल र स्मार्ट वाच सार्वजनिक गरेका हुन्। अभिनेता खडका र सीजी ग्रुपसँगको सहकार्यले उपभोक्ताको विश्वास बढाउने अपेक्षा गरिएको छ। 

images

सीएमएफ फोन कालो, सुन्तला, हल्का हरियो र निलोमा उपलब्ध रहेको छ। साथै नथिङले फोन टुए ल्याएको छ, जसमा शक्तिशाली मिडियाटेक डाइमेन्सिटी ७२०० प्रो चिपसेट छ। नथिङले एयर र एयर (ए) (एयर बड्स) पनि नेपालमा ल्याएको छ।


प्रकाशित : सोमबार, असार २४ २०८११६:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend