बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

एक महिनामा वैदेशिक रोजगारीका लागि बाहिरिए ७४ हजार

images
शुक्रबार, पुस १६ २०७८
images
images
एक महिनामा वैदेशिक रोजगारीका लागि बाहिरिए ७४ हजार
फाइल तस्बिर

देशमै प्रयाप्त रोजगारीको अवसर नहुँदा वैदेशिक रोजगारीका लागि नेपालबाट मंसिर महिनामै ७४ हजार ३ सय ५४जना युवा विदेशिएका छन्।

images
images

काठमाडौं- देशमै पर्याप्त रोजगारीको अवसर नहुँदा वैदेशिक रोजगारीका लागि नेपालबाट मंसिर महिनामै ७४ हजार ३ सय ५४ जना युवा विदेशिएका छन्।

images
images

योसँगै कोरोनाका कारण शिथिल बनेको वैदेशिक रोजगारी पूर्ण लयमा फर्केको छ। पछिल्लो दुई महिनामा मात्रै नेपालबाट १ लाख १९ हजारभन्दा बढी युवा रोजगारीका लागि विदेश पुगेका  छन्।

images
images

पछिल्लो समय नयाँ कामदारको डिमाण्ड कोरोना सुरु हुनुभन्दा अगाडिको समयमा भन्दा बढी आउन थालेको वैदेशिक रोजगार व्यवसायी महासंघको ठहर छ। १८ महिनादेखि रोकिएको डिमाण्ड एकै पटक आउँदा रोजगारीमा जाने युवाको संख्या बढेको हो।

images
images

वैदेशिक रोजगार विभागका अनुसार मंसिर महिनामै खाडी, मलेसिया तथा अन्य मुलुकमा रोजगारीका लागि ७४ हजार ३ सय ५४ नेपालबाट विदेशिएका छन्।  विभागका अनुसार मंसिरमा मात्रै म्यानपावारमार्फत ३१ हजार ३१ जना युवा विदेश पुगेका छन्।

जसमा म्यानपारमार्फत सबैभन्दा बढी साउदी अरब पुगेका छन्। मंसिर महिनामा मात्रै म्याानपावरमार्फत साउदी जाने युवाको संख्या १६ हजार २ सय ३८ रहेको छ। यसैगरी म्याननपारमार्फत मंसिरमा युएई ५ हजार ५ सय ८१, कुबेत ६  सय २१, बहराइन ९ सय २६, कतार ६ हजार ६ सय ७९ र ओमन ३ सय ४१ जना युवा रोजगारीका लागि विदेशिएका छन्।

यसैगरी बिदामा नेपाल आइ पुन रोजगारीका लागि मंसिर महिनामा मात्रै ३९ हजार ८ सय ५७ विदेशिएका छन्। जसमा सबैभन्दा बढी कतार १६ हजार ७ सय ६ जना युवा फर्किएका छन्। यसैगरी साउदी ८ हजार ७ सय ४५ र युएई १० हजार ३८ जना युवा पुन: रोजागरीका लागि फर्किएका छन्। यसैगरी मंसिर महिनामै एकल वैधानीकरण  तथा व्यक्तिगत भिसामार्फंत पनि ३ हजार ४ सय ६६ जना युवा विदेश  पुगको छन्।

तर विभागकाअनुसार कात्तिक महिनामा नयाँ कामको खोजीमा म्यानपावरमार्फत २७ हजार ७ सय ९ जना युवा वैदेशिक रोजगारीका लागि गएका थिए। यसैगरी कात्तिक महिनामै बिदामा नेपाल आएर पुनः वैदेशिक रोजगारीका लागि फर्कनेको संख्या २४ हजार ९ सय रहेको थियो। 

मंसिरा महिनामा रोजगारीका लागि विदेश जाने युवको संख्या कात्तिक महिनाको भन्दा १९ हजारले बढी हो। कात्तिक महिनामै खाडी, मलेसिया तथा अन्य मुलुकमा रोजगारीका लागि ५४ हजाार ९ सय १८ नेपालबाट विदेशिएका थिए। जसमा दुबई १३ हजार ५ सय ५०, साउदी अरब १७ हजार ९ जना र सबैभन्दा बढी कतार १९ हजार ८१ जना युवा गएका थिए।

तर व्यवसायीले अहिले सरकारले सेवा शुल्कवापत १० हजार रुपैयाँ लिन पाउने व्यवस्था गरेका पनि साउदी र कतार जाने युवासँग १ लाख ५० हजार रुपैयाँ भन्दा बढी रकम लिने थालेका छन्।

वैदेशिक रोजगार विभागले पनि कामदारको डिमाण्ड बढेको जनाएको छ। विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ५ महिनामा नेपालबाट रोजगारीका लागि २ लाख ३० हजार ४ सय ११ जना युवा विदेशिएका छन्।

कुन महिना कति?

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिकमा र मंसिरमा मात्रै २ लाख ३० हजार ४ सय ११ जना युवा रोजगारीका लागि विदेशिएका छन्।

विभागका अनुसार साउनमा २५ हजार ४ सय २८, भदौमा ३६ हजार ४० र असोजमा ३९ हजार ६ सय ७१, कात्तिकमा  ५४ हजार ९ सय १८ र मंसिरमा ७४हजार ३ सय ५४ जना युवा विदेश पलाएन भएका छन्।


प्रकाशित : शुक्रबार, पुस १६ २०७८०६:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend