सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

बाढीपहिराेले हालसम्म ७० जनाको मृत्यु, पाँच बेपत्ता

images
सोमबार, असार २४ २०८१
images
बाढीपहिराेले हालसम्म ७० जनाको मृत्यु, पाँच बेपत्ता

जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोले ८६ घरमा क्षति पुगेको छ। भारी वर्षाका कारण आज पनि देशभरकै जनजीवन प्रभावित भएको छ।

images
images

काठमाडौं- अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्‌मा परी हालसम्म ७० जनाले ज्यान गुमाएका छन्।

images
images
images

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिए। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

images
images

उक्त अवधिमा बाढीपहिराका नौ सय ६६ घटना घटेका छन्। त्यसमा ८६ घरमा क्षति पुगेको र तीन सय ३५ पशु चौपायको मृत्यु भएको छ। भारी वर्षाका कारण आज पनि देशभरकै जनजीवन प्रभावित भएको छ।

images
images

उक्त अवधिमा चार हजार सात सय ९० प्रहरी बाढीपहिरामा परिचालन गरिएको र नौ करोड ५६ लाख ७४ हजार दुई सय ५० मूल्य बराबरको क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। रासस

 


प्रकाशित : सोमबार, असार २४ २०८११२:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend