बुधबार, मंसिर १२ गते २०८१    
images
images

विपद्को जोखिममा कोशी प्रदेश, दश वर्षमा ८९ करोड २२ लाखको क्षति

पूर्व तयारीबिनाको विकासले विपद्, खतरामा सुनसरी

images
सोमबार, असार २४ २०८१
images
images
विपद्को जोखिममा कोशी प्रदेश, दश वर्षमा ८९ करोड २२ लाखको क्षति

मनसुन भित्रिएसँगै झापा, मोरङ र सुनसरीमा बाढी तथा डुबानले समस्या बढाएको छ। प्रदेश राजधानी विराटनगरका अधिकांश क्षेत्र डुबानमा पर्ने गरेका छन्। क्षेत्रीय विमानस्थल बन्ने तयारीमा रहेको विराटनगर विमानस्थल समेत डुबानमा पर्ने गरेको छ।

images
images

इटहरी- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले ६१ वटै वडामा पहिरोको उच्च जोखिम रहेको भन्दै सतर्क रहन सूचना जारी गरेको छ। पहिरोको उच्च जोखिममा रहेको ताप्लेजुङमा एक महिनाभित्र ५ जनाले ज्यान गुमाइसकेका छन्। हालसम्म ४५ घर उच्च जोखिममा र ८१ घरसहित एउटा हाइड्रो पावर र एउटा क्रसर उद्योग जोखिममा रहेको जनाइएको छ।

images
images
images

प्रमुख जिल्ला अधिकारी रवीन्द्र प्रसाद आचार्यले जोखिमका क्षेत्र पहिचान गरेर सतर्कता अपनाइएको बताएका छन्। पत्रकार महासंघदेखि राजनीतिक दलहरू तथा सरोकारवाला निकायसँग नियमित छलफल र संवाद भइरहेको उनले बताए। 

images

पहिरोको उच्च जोखिममा रहेको पाँचथरमा पनि सतर्कता अपनाउन विभिन्न सञ्चार माध्यममार्फत सूचना जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइरालाका अनुसार अन्तरजिल्ला र अन्तरपालिका स्तरमा समन्वय गरेर विपद् न्यूनीकरण तथा उद्धारको क्षेत्रमा तयारी भइरहेको छ।

images

कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर र सङ्खुवासभा बाढी पहिरोको उच्च जोखिममा पर्छन्। मनसुन भित्रिएसँगै झापा, मोरङ र सुनसरीमा बाढी तथा डुबानले समस्या बढाएको छ। प्रदेश राजधानी विराटनगरका अधिकांश क्षेत्र डुबानमा पर्ने गरेका छन्। क्षेत्रीय विमानस्थल बन्ने तयारीमा रहेको विराटनगर विमानस्थल समेत डुबानमा पर्ने गरेको छ।

मनसुन सुरु भएसँगै सप्तकोशीमा पानीको बहाव उच्च वृद्धि भइरहेको छ। आइतबार दिउँसो सप्तकोशीका ५६ वटै ढोका खोलिएका छन्। ३ लाख ९५ हजार क्युसेक पानीको बहाव भएपछि रातो बत्ती बालिएको छ। तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

कोशी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले यसअघिनै जोखिमयुक्त क्षेत्रको पहिचान गरी राहत तथा उद्धारको लागि मातहतका निकायलाई निर्देशन दिएको छ। मुख्यमन्त्री संयोजक रहेको परिषद्ले मातहतका निकायलाई विपद् व्यवस्थापन लाग्न आग्रह गरेको हो।

koshi bipad.jpg

आन्तरिक मामिला मन्त्रीको संयोजकत्वमा रहेको विपद् व्यवस्थापन समितिले भने मनसुन पूर्वतयारी तथा कार्ययोजना २०८१ तयार पारेको छ। कोशी प्रदेशमा जोखिमका क्षेत्रहरू र आवश्यक तयारीको योजना सहितको कार्ययोजना तयार पारिएको विपद् व्यवस्थापन शाखाका प्रमुख सदानन्द भट्टराईले बताए।

उनका अनुसार आन्तरिक मामिला मन्त्रालयअन्तर्गत शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन महाशाखामार्फत चारवटै सुरक्षा निकाय रहने गरी समन्वयको काम भइरहेको छ। ताप्लेजुङका बाढी पीडित परिवारलाई तिन लाख प्रदान गरिसकेको उनले जानकारी दिए।

मन्त्रालयले विपद् व्यवस्थापनमा उद्धारको लागि आवश्यक उपकरण खरिदको लागि टेण्डर आह्वान गरेपनि सामग्री खरिद गर्न सकेन। बोलपत्र नपरेपछि टेण्डर रद्द भएको थियो। भट्टराईले दिएको जानकारी अनुसार सशस्त्र प्रहरीलाई गोताखोर तालिम, कोशी प्रदेश प्रहरी कार्यालयमा क्षमता विकास र नेपाली सेनालाई विपद् प्रतिकार्य तालिम प्रदान गरिएको छ। 

खतरामा सुनसरी

मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८१ मा यस वर्ष कोशी प्रदेशमा १ लाख १३ हजार ३ सय ५३ घरधुरी मनसुनबाट प्रभावित हुने र त्यसमध्ये ३७ हजार ८ सय परिवार जोखिममा रहेको उल्लेख छ। ४ लाख ९५ हजार ३ सय ५२ मानिस जोखिममा रहेको जनाइएको छ।

जसमध्ये सबैभन्दा बढी सुनसरीमा ३ लाख ६१ हजार ७ सय १८ मानिस प्रभावित हुने पूर्वानुमान गरिएको छ।

आन्तरिक मामिला मन्त्रालयका अनुसार मनसुनको विपदबाट १० वर्षको अवधिमा ८९ करोड २२ लाख रूपैयाँ बराबरको क्षति भएको छ। २०७० साल देखि २०८० को अवधिमा कोशी प्रदेशमा ५८३ जनाको मृत्यु भएको छ भने १२० अझै बेपत्ता भएको कार्ययोजना पत्रमा जनाइएको छ। सोही अवधिमा १८ हजार ७२८ परिवार प्रभावित हुँदा ७४९ जना घाइते भएका छन्। 

विकासले विपद् 

खोला अतिक्रमण गरेर संरचना निर्माण गर्दा जथाभावी घर तथा भवन निर्माण गरी वातावरण प्रतिकूल विकास हुँदा डुबानको जोखिम भएको मन्त्रालयले जनाएको छ। बसोबास योग्य क्षेत्र छनौट नभइ अव्यवस्थित सडक पूर्वाधार निर्माण गर्दा पहाडी क्षेत्रमा पहिरो गएको कार्ययोजनामा उल्लेख छ। पहाडी क्षेत्रमा जथाभावी डोजर चलाउने र पूर्वतयारी बिना विकास निर्माणको काम गर्दा जोखिम बढेको हो।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी पनि पूर्वाधार निर्माणको चरणदेखि नै विपद्को सुरुवात हुने बताउँछन्। विपद् व्यवस्थापनमा तत्कालको तयारीले मात्र काम नगर्ने बताउँदै उनले विकास निर्माणको क्रममा वातावरण अनुकूलतालाई ध्यान दिनुपर्ने बताए।

उनले भने, ‘विपद्को लागि प्रशासनभन्दा विकास निर्माणका योजना र आयोजनाको महत्त्वपूर्ण भूमिका हुन्छ। हामीले तत्कालको जन र धनको क्षति नहोस् भन्नको लागि पूर्वतयारी गरिरहेका छौँ। सम्भावित जोखिमका क्षेत्र पहिचान गरी सोही अनुसार तयारी गर्ने मात्र हो। विपद्को पूर्ण व्यवस्थापनको लागि विकास निर्माणका योजनाकारहरू सचेत हुनुपर्छ।’ 


प्रकाशित : सोमबार, असार २४ २०८१११:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend