बिहीबार , असार १९ गते २०८२    
बिहीबार , असार १९ २०८२
images
images

बाढीका कारण कञ्चनपुरमा एक हजार ६२२ जना प्रभावित

images
सोमबार, असार २४ २०८१
images
images
बाढीका कारण कञ्चनपुरमा एक हजार ६२२ जना प्रभावित
फाइल तस्बिर

महाकाली र जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि दोधारा चाँदनी नगरपालिका-१० को तीन बस्ती डुबानमा परेका छन्।

images
images

दोधारा चाँदनी- लगातारको वर्षापछि आएको बाढीले कञ्चनपुरको केही जमिन डुबानमा परेका छन्।

images
images

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बाढीले अधिकांश भू-भागलाई प्रभावित बनाएको छ। महाकाली र जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि दोधारा चाँदनी नगरपालिका-१० को तीन बस्ती डुबानमा परेका छन्।

images
images

जोगबुडा पारीको कुतियाकबर तथा वारीका शान्ति टोल र लिसानी टोल डुबानमा परेका छन्। त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर नगरपालिका र दक्षिणी क्षेत्रका अधिकांश बस्तीमा बाढी पसेको छ।

images
images
images

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले जिल्लाभर बाढीबाट प्रभावित एक हजार छ सय २२ जना को उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए। 'बाढीले जिल्लाका अधिकांश बस्ती डुबानमा परेका छन्',उनले भने, 'डुबानबाट प्रभावितलाई नजिकै विद्यालय र आफन्तकोमा सारिएको छ।'

त्यसैगरी उनले बाढीमा परी कृष्णपुर नगरपालिकाको वडा-१ पोतीपुरमा सात महिनाका शिशु सोलु धानुकको मृत्यु भएको बताए। प्रवक्ता जोशीले भने, 'घरमा सुतेको अवस्थामा बाढी पसेपछि डुबेर शिशुको मृत्यु भएको छ।'

निरन्तर वर्षा भइरहेका कारण अझै केही परिवार विस्थापित हुने अवस्थामा पुगेका जनाइएको छ। रासस


प्रकाशित : सोमबार, असार २४ २०८१११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend