काठमाडौं- साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ। बिहीबार ९२ हजार १ सय रपैयाँ तोलामा कारोबार भएको छापावाल सुन मूल्य शुक्रबारका लागि ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ। बिहीबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको थियो।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ। बिहीबार १२ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य शुक्रबारका लागि १२ सय ६० रुपैयाँ तोकिएको छ।