सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

चौध किलो चाँदीका गहनासहित तीनजना पक्राउ

images
आइतबार, असार २३ २०८१
images
चौध किलो चाँदीका गहनासहित तीनजना पक्राउ

अवैध चाँदीका गहना र सोको भण्डारण र बिक्रीवितरणमा संलग्नलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको छ।

images
images

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले १४ दशमलव २५० किलो चाँदीको गरगहनासहित तीन जनालाई पक्राउ गरेको छ।

images
images
images

चाँदीका अवैध गरगहना भण्डारण र बिक्री वितरणमा संलग्न भारतीय नागरिक २२ वर्षीय अमनकुमार, २६ वर्षीय बिकीकुमार साह तथा पर्साको लिपर्नीबिर्ता-६ का ३४ वर्षीय श्रवणप्रसाद कानुनलाई पक्राउ गरिएको सीआईबीका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

images
images

प्रहरीले काठमाडौंको सानो गौचरनस्थित अटो सर्भिसेज प्रालिको अटो वर्कशपभित्र रोकी राखेको अवस्थामा भारतीय नम्बरको बिआर ०६ यु ९०५३ नम्बरको कार चेक गर्दा उक्त कारको डिकीमा लुकाइछिपाइ राखेको अवस्थामा सो परिणामको चाँदीको गरगहना बरामद गरेको थियो।

images
images

सीआईबीले अवैध चाँदीका गहना र सोको भण्डारण र बिक्रीवितरणमा संलग्नलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाएको छ।

ललितपुरबाट काठमाडौंतर्फ आउँदै गरेको सो भारतीय नम्बरको कारमा अवैध रुपमा चाँदीको गरगहना ल्याइ अवैधरुपमा काठमाडौंका विभिन्न स्थानमा बिक्री वितरण गर्न लागेको भन्ने सूचनाका आधारमा सीआईबीले यही असार २१ गते उनीहरुलाई पक्राउ गरेको थियो। रासस


प्रकाशित : आइतबार, असार २३ २०८११८:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend