सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

एक करोडभन्दा बढीको लागतमा वडा कार्यालय भवन निर्माण

images
आइतबार, असार २३ २०८१
images
एक करोडभन्दा बढीको लागतमा वडा कार्यालय भवन निर्माण

भाडाको घरमा सञ्चालित वडा कार्यालय केही दिनमै नयाँ भवनमा सर्ने तयारी भइरहेको वडाध्यक्ष मनबहादुर शेरपुञ्जाले जानकारी दिए।

images
images

म्याग्दी- जिल्लाको रघुगंगा गाउँपालिका-५ झिँमा वडा कार्यालय भवन निर्माण भएको छ। गाउँपालिकाले एक करोड २१ लाख रूपैयाँको लागतमा दुई तले सभाहलसहितको भवन निर्माण गरेको हो। 

images
images
images

गत वर्ष ५० लाख रूपैयाँ लागतमा उपभोक्ता समितिमार्फत पाँच कोठे भवनको पहिलो तला ढलान भएको थियो। यस वर्ष तला थपेर निर्माणलाई पूर्णता दिइएको वडाध्यक्ष मनबहादुर शेरपुञ्जाले बताए। भाडाको घरमा सञ्चालित वडा कार्यालय केही दिनमै नयाँ भवनमा सर्ने तयारी भइरहेको उनले बताए।

images
images

भवनमा वडाध्यक्ष, सदस्य, सचिव, प्राविधिक र सहायता कक्ष रहेका छन्। नयाँ भवन बनेपछि सेवा प्रवाह सहज हुने र भाँडाका लागि भइरहेको खर्च बचत हुने वडाध्यक्ष शेरपुञ्जाले बताए।

images
images

७१ लाख ६६ हजार चार सय १५ रूपैयाँमा गत चैत मा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले एक सय २० जना क्षमताको सभाहल, रंगरोगन, विद्युत, पानी, फर्निचरलगायत कामलाई पूर्णता दिएको गाउँपालिकाको प्राविधिक शाखा प्रमुख कमल चोखालले बताए। भवन निर्माण गर्न ५९ लाख रूपैयाँ खर्चेर चार रोपनी जग्गा खरिद गरिएको थियो। 

भवन परिसरमा घेराबारसहितका पूर्वाधार निर्माण गर्न आगामी आर्थिक वर्ष २०८१/८२ मा २७ लाख रूपैयाँ बजेट विनियोजन भएको वडाध्यक्ष शेरपुञ्जाले जानकारी दिए।

आठ वटा वडा रहेको गाउँपालिकाले यसअघि मौवाफाँटमा वडा नं ६  र भगवतीमा २ नं का लागि भवन निर्माण गरेको थियो। वडा नं ७ को कार्यालय साविक चिमखोला गाविसको भवनबाट सञ्चालन भइरहेको छ।

वडा नं १ बेगखोला, वडा नं ३ पिप्ले, वडा नं ४ दग्नाम र वडा नं ८ कुइनेमंगलेको कार्यालय तत्कालीन गाविस, सामुदायिक विद्यालय भवनबाट सञ्चालित छन्। रासस


प्रकाशित : आइतबार, असार २३ २०८११४:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend