सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

हुल्ममा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध

images
आइतबार, असार २३ २०८१
images
हुल्ममा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध

प्रदेशका मुख्य पाँच राजमार्ग कर्णाली, मध्यपहाडी, मदन भण्डारी, राप्ती राजमार्ग र भेरी करिडोरका सडक अवरुद्ध छन्।

images
images

जुम्ला- अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। राजमार्गअन्तर्गत कालीकोटको हुल्ममा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो।

images
images
images

सोही राजमार्गको कालीकोट तिलागुफा नगरपालिका-६ टिमुरे, गाल्जे र पिलिलगायतका ठाउँमा आएको बाढी पहिराले बन्द भएका सडक खुलाउने काम भइरहेको छ। साँझसम्म सडक सञ्चालनमा आउनेगरी काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी चित्र चौलागाईँले जानकारी दिए।

images
images

प्रदेशका मुख्य पाँच राजमार्ग कर्णाली, मध्यपहाडी, मदन भण्डारी, राप्ती राजमार्ग र भेरी करिडोरका सडक अवरुद्ध छन्।

images
images

कर्णाली राजमार्गमा चार, मध्यपहाडीमा चार र राप्ती राजमार्गमा दुई, मदन भण्डारीमा एक र भेरी करिडोरका तीन ठाउँमा बाढीपहिराले सडक अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा पहिरो गएको छ। राजमार्गहरू अवरुद्ध भएपछि दुई दिनदेखि यात्रु अलपत्र परेका छन्। रासस


प्रकाशित : आइतबार, असार २३ २०८११३:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend