सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

नारायणीको बाढीले बगायो न्यूरोड र नगरवन जोड्ने झोलुंगे पुल

images
आइतबार, असार २३ २०८१
images
नारायणीको बाढीले बगायो न्यूरोड र नगरवन जोड्ने झोलुंगे पुल

शनिबार परेको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दा एक सय ७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ।

images
images

चितवन- नारायणी नदीको बाढीले चितवनको भरतपुर महानगरपालिका-३ स्थित झोलुंगे पुल बगाएको छ। न्यूरोड र नगरवन जोड्ने नारायणी नदीमा रहेको झोलुंगे पुल बाढीले बगाएको हो।

images
images
images

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार गएराति ११:३० बजे बाढीले दुवैतर्फको पिल्लर भत्काइ पुल बगाएको हो। नारायणीमा पानीको बहाव नघटेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई सावधानी अपनाउन उनले अनुरोध गरेका छन्।  

images
images

शनिबार परेको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दा एक सय ७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ। शनिबार राति आएको नारायणीको बाढीका कारण घरमा पानी पसेकाले उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो।

images
images

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार भरतपुर महानगरपालिका-२ का २६ जना, बालकुमारी नर्सिङ कलेजको भवनमा बस्ने चारजना, भरतपुर-१७ गोब्रेनीका ५४, वडा नं १ देवघाटको नदी किनारमा बस्दै आएका २८ तथा वडा नं १६ गुम्बाचोकका ५९ जनालाई सुक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

उनीहरूलाई सुरक्षाकर्मीले डुंगाको सहायताले स्थानान्तरण गरेका हुन्। रासस


प्रकाशित : आइतबार, असार २३ २०८११२:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend