सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए, सतर्क रहन आग्रह

images
आइतबार, असार २३ २०८१
images
कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए, सतर्क रहन आग्रह

नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ। तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

images
images

सुनसरी- पूर्वी पहाडी भेगमा निरन्तर वर्षा भएसँगै सप्तकोशी नदीको जलसतह बढेको छ। जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी स्थानीय प्रशासनले कोशी ब्यारेजमा सबै ५६ वटा ढोका खोलेको छ।

images
images
images

प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीका अनुसार ब्यारेजमा प्रतिघण्टा तीन लाख ६८ हजार क्युसेकभन्दा बढी पानी प्रवाह भएपछि सबै ढोका खोलिएका हुन्।

images
images

नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ। पानीको सतह निरन्तर बढेपछि कोशी ब्यारेजमा जोखिमको संकेत दिन रातो बत्ती बालिएको छभने राता झण्डा फहराइएका छन्।

images
images

सप्तकोशी जलमापन केन्द्रले जलसतह जोखिम बिन्दुभन्दा माथि पुगेको बताएको छ।

नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ। तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख अधिकारी तिवारीले आग्रह गरेका छन्। रासस


प्रकाशित : आइतबार, असार २३ २०८१११:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend