सोमबार, असोज २८ गते २०८१    
images
images

जिल्लीमा पहिरो खस्दा मार्तडी-कोल्टी सडक पाँच दिनदेखि बन्द

images
आइतबार, असार २३ २०८१
images
images
जिल्लीमा पहिरो खस्दा मार्तडी-कोल्टी सडक पाँच दिनदेखि बन्द
फाइल तस्बिर

पहिरो बग्न थालेपछि मार्तडी-कोल्टी चल्ने जिप तथा मालवाहक सवारीसाधन ठप्प छन्। यो सडक सडक वर्षायाममा प्रायः अवरुद्ध हुने गरेको छ।

images
images

बाजुरा- जिल्लाको पूर्वीउत्तरी भेग जोड्ने मार्तडी-कोल्टी सडक पाँच दिनदेखि बन्द छ। लगातारको वर्षाका कारण बडिमालिका नगरपालिका-७ जिल्लीमा पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी देव चौधरीले जानकारी दिए।

images
images
images

वर्षाका कारण पहिरो बग्न थालेपछि मार्तडी-कोल्टी चल्ने जिप तथा मालवाहक सवारीसाधन ठप्प छन्। कोल्टी क्षेत्रमा सञ्चालन हुँदै आएका सवारीसाधन बन्द भएपछिआवतजावतमा समस्या भएको प्रहरीले जनाएको छ। मार्तडी-कोल्टी सडक वर्षायाममा प्रायः अवरुद्ध हुने गरेको छ।  

साँफे-मार्तडी राजमार्ग अवरुद्ध 

images

लगातारको वर्षाका कारण साँफे-मार्तडी राजमार्ग अवरुद्ध भएको छ। वर्षाका कारण ठाउँठाउँमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चौधरीले जानकारी दिए।

images

राजमार्गको सेराबगर, हड्डेखोला र जिल्ला कारागार नजिकै पहिरो गएको छ। राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दुरीका सवारीसाधन र मालवाहक गाडी बाटोमै थन्किएका छन्। राजमार्ग अवरुद्ध भएपछि धनगढी, महेन्द्रनगर र नेपालगञ्जबाट आएका बस बाटोमै रोकिएका छन्। पहिरो हटाउन सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। रासस


प्रकाशित : आइतबार, असार २३ २०८१११:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend