सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार २३ २०८१
images
मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा

रातो पुल बगाएको सात महिनापछि सञ्चालनमा आएको बेलीब्रिज जोगाउने प्रयास भइरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए।

images
images

सिन्धुपाल्चोक- लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटेबजारमा रहेको बेलीब्रिज बगाउने खतरा रहेको छ। बाढीले बेलीब्रिज रहेको भूभाग कटान गरिरहेको छ।

images
images
images

विसं २०७८ साउन १७ गते लेदोसहित आएको मेलम्चीको बाढीले हेलम्बुकै लाइफ लाइनका रूपमा रहेको रातो पुल बगाएपछि सो स्थानमा बेलीब्रिज निर्माण गरिएको थियो।

images
images

रातो पुल बगाएको सात महिनापछि सञ्चालनमा आएको बेलीब्रिज जोगाउने प्रयास भइरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए।

images
images

सो पुलले हेलम्बुलाई मात्र नभई मेलम्ची नगरपालिका-७ र ८,  पाँचपोखरी थाङ्पाल गाउँपालिका-१ र २ का बासिन्दालाई आवतजावत गर्न सहज बनाएको छ। हेलम्बु-४ स्थित बस्ती र विद्यालयसमेत बाढीको जोखिममा रहेको स्थानीय श्याम लामिछानेले बताए। रासस


प्रकाशित : आइतबार, असार २३ २०८११०:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend