सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

बेँसीसहर-चामे सडकको लमजुङ खण्ड पुनःसञ्चालन

images
शनिबार, असार २२ २०८१
images
images
बेँसीसहर-चामे सडकको लमजुङ खण्ड पुनःसञ्चालन

पहिरो हटाएर सडक सञ्चालनमा आए पनि फेरि ठूलो बर्सात भएमा कुनै पनि बेला सडक अवरुद्ध हुन सक्ने प्रहरी निरीक्षक थानेश्वर चपाइँले बताए।

images
images

लमजुङ- पहिराले आज बिहानैदेखि अवरुद्ध बेँसीसहर-चामे सडकको लमजुङ खण्ड पुनःसञ्चालन भएको छ।

images
images

बेँसीसहर नगरपालिका-६ खरखरेभीर र मर्स्याङ्दी गाउँपालिका-४ जगत नजिकै हावाडाँडामा गएको पहिरो हटाएसँगै पुनः सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

images
images

पहिरो हटाएर सडक सञ्चालनमा आए पनि फेरि ठूलो बर्सात भएमा कुनै पनि बेला सडक अवरुद्ध हुन सक्ने प्रहरी निरीक्षक थानेश्वर चपाइँले बताए।

images
images
images

बाढीले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग पनि सञ्चालन हुन थालेको छ। अविरल वर्षासँगै आज बिहान मध्यनेपाल नगरपालिका-६ पिस्ती खोलामा आएको बाढीले अवरुद्ध सडक पानीको सतह घटेसँगै सवारी सञ्चालनमा आएको प्रहरीले जनाएको छ। रासस


प्रकाशित : शनिबार, असार २२ २०८११८:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend