सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

सप्तकोशीमा जलसतह यो वर्षकै उच्च

images
शनिबार, असार २२ २०८१
images
सप्तकोशीमा जलसतह यो वर्षकै उच्च

दिउँसो ३ बजे कोशी ब्यारेजमा दुई लाख ७२ हजार ४८५ क्युसेक जलसतह मापन गरेको नियन्त्रण मापन केन्द्रले जानकारी दिएको छ।

images
images

सुनसरी- सप्तकोशी नदीको जलसतह आज यस वर्षकै सबैभन्दा उच्च भएको छ। दिउँसो ३ बजे कोशी ब्यारेजमा दुई लाख ७२ हजार ४८५ क्युसेक जलसतह मापन गरेको नियन्त्रण मापन केन्द्रले जानकारी दिएको छ।

images
images
images

अहिले नदीको बहाव बढेसँगै कोशी ब्यारेजको ३४ वटा ढोका खोलिएका छन्।

images
images

आज बिहान ४ बजे एक लाख २४ हजार चार सय ६५ क्युसेक प्रतिसेकेन्ड जलसतह मापन गरिएको केन्द्रका कर्मचारी अमित यादवले बताए। उनले भने, 'पहाडी क्षेत्रमा हिजोदेखि निरन्तर वर्षा भएसँगै कोशी नदीमा जलसतह उच्च भएको हो। जलसतह उच्च भए पनि हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति भएको छैन।' रासस

images
images


प्रकाशित : शनिबार, असार २२ २०८११८:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend