शनिबार, असोज ५ गते २०८१    
images
images

हिउँ हटाएपछि बैतडीको राजमार्ग सञ्चालनमा

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस १५ २०७८
images
images
हिउँ हटाएपछि बैतडीको राजमार्ग सञ्चालनमा

नेपाली सेनाले बैतडीस्थित दशरथचन्द राजमार्गमा जमेको हिउँ हटाएको छ।

images
images

बैतडी- हिमपातका कारण मङ्गलबार साँझदेखि अवरुद्ध भएको दशरथचन्द र जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ। मङ्गलबार साँझदेखि लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध हुँदा यातायात सेवा पूर्णरूपमा ठप्प भएको थियो भने सयौँ यात्रु अलपत्रमा परेका थिए।

images
images
images

नेपाली सेनाले बैतडीस्थित दशरथचन्द राजमार्गमा जमेको हिउँ हटाएको छ। हनुमानध्वज गुल्मका उपसेनानी बालाराम बुढाथोकीे नेतृत्वको टोलीले राजमार्गअन्तर्गत देहिमाडौँ, कठपते, सतबाँझलगायतका क्षेत्रको हिउँ हटाएको हो।

मङ्गलबार साँझदेखि परेको बाक्लो हिमपातले राजमार्ग अवरुद्ध र जनजीवन प्रभावित हुन थालेकाले सडकको हिउँ हटाइएको हनुमानध्वज गुल्मका गुल्मपति, सेनानी खिलबहादुर रानाले जानकारी दिए। यसका साथै कठपतेमा रहेको टेलिकमको टावर आसपास क्षेत्रको हिउँ पनि हटाइएको जनाइएको छ।

उनले भने, 'सवारी दुर्घटना हुनसक्ने, विद्युत् सेवा, इन्टरनेट, सञ्चार सेवा तत्काल सुचारु गर्न हिउँ हटाएका हौँ।' आपतविपत्मा नेपाली सेना सधैँ साथमा रहेको सन्देश दिन हामीले पछिल्लो समय सामाजिक कार्य र विपतमा परेकाको उद्धारलगायतका काम गरिरहेका उनको भनाइ छ। 

images

यस्तै भारी हिमपातका कारण अवरुद्ध बनेको दशरथचन्द र जयपृथ्वी राजमार्ग सुरु भएको छ।  खोडपे, अनारखोली, ढोल्यामोडलगायतका क्षेत्रमा जमेको हिउँका कारण बुधबार बिहानैदेखि अवरुद्ध बनेका राजमार्ग दिउँसोपछि सुरु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्का बताए। 

यसैबीच वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन्। यो वर्ष समयमै हिउँ परेकाले गहुँलगायतका हिउँदेबाली सप्रिने भन्दै किसान खुसी भएका हुन्। रासस


प्रकाशित : बिहीबार , पुस १५ २०७८१२:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend