सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

पुल भत्किँदा राजविराज-कञ्चनपुर सडकखण्ड अवरुद्ध

images
शनिबार, असार २२ २०८१
images
पुल भत्किँदा राजविराज-कञ्चनपुर सडकखण्ड अवरुद्ध
फाइल तस्बिर

खाँडो खोलामा आएको बाढीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका लौनिया, तिलाठी, सकरपुरालगायत गाउँ डुबानमा परेका छन्।

images
images

राजविराज- सप्तरीको तिरुहुत गाउँपालिका-२ स्थित पुललाई मोहुली खोलामा आएको बाढीले भत्काउँदा  राजविराज-कञ्चनपुर सडकखण्डमा आवागमन ठप्प भएको छ।

images
images
images

तिरहुत-२ का वडाध्यक्ष सञ्जिवकुमार यादवले राजविराज-कञ्चनपुर सडकखण्डमा आवागमन ठप्प भएको जानकारी दिए। उनले बाढीले कोशी पम्प चन्द्रनहर सिँचाइ योजनाको निर्माणाधीन विभिन्न संरचना तथा उपकरणमा क्षति पुर्‍याएको बताए।
   
यसैगरी मोहुली खोलामा आएको बाढीले कञ्चनरुप नगरपालिका-११ स्थित ठेलिया नजिक पूर्वतर्फ बाँध भत्काउँदा  खेतीबालीलाई क्षति पुर्‍याएको छ। तिरहुत-२ का बलराम साहका अनुसार मोहुलीको बाढीले तीन सय बिघा जमिन क्षति पुर्‍याएको जानकारी दिए।

images
images

बाढीले जिल्लाको तिरहुत गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिकाका केही वडा डुबानमा परेका छन्।

images
images

खाँडो खोलामा आएको बाढीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका लौनिया, तिलाठी, सकरपुरा, कोइलाडीलगायत गाउँ डुबानमा परेका छन्। रासस


प्रकाशित : शनिबार, असार २२ २०८११६:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend