सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

ठेउलेखोला जलविद्युत् आयोजनाको बाँध पहिरोले पुरियो, ग्रामीण सडक अवरुद्ध

images
शनिबार, असार २२ २०८१
images
ठेउलेखोला जलविद्युत् आयोजनाको बाँध पहिरोले पुरियो, ग्रामीण सडक अवरुद्ध

'यसै वर्ष स्तर वृद्धि गरेर कालेपत्र र ढलान गरिएको कुश्मिसेरा-सर्कुवा-व्याडथला खण्डमा गएको पहिरोले जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। अविरल वर्षा भइरहेकाले तत्काल सडक स्तरोन्नति गरी सञ्चालन गर्ने अवस्था छैन।'

images
images

बागलुङ- अविरल वर्षासँगै आएको पहिरोले जिल्लाको जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजनाको बाँध पुरिएको छ। जैमिनी-१ र वडा नं ४ को बीच भएर बग्ने ठेउलेखोलामा निर्माण भएको जलविद्युत् आयोजनाको बाँध पहिरोका कारण पुरिएको हो।

images
images
images

कुश्मिसेरा, सुर्कवा व्याडथला सडकखण्डमा आएको पहिरोले उक्त बाँधमा क्षति पुर्‍याएको बारही हाइड्रोपावरका प्रशासन प्रमुख लिलानाथ पौडेलले बताए। पहिरोका कारण बाँध पुरिँदा विद्युत् उत्पादन पूर्णरुपमा बन्द भएको उनले जानकारी दिए। उनले १.५ मेगावट विद्युत् उत्पादन हुने आयोजनालाई पुनःसञ्चालन गर्न समय लाग्ने बताए।

images
images

पहिरोले जैमिनी नगरपालिकाको केन्द्रविन्दु कुश्मिसेराबाट सर्कुवा, जैदी, अर्जेवा, विनामारे, व्याडथाला जाने सडक पूर्णरुपमा अवरुद्ध भएको नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए। जैमिनीको केन्द्रविन्दुबाट सबै वडा जाने ग्रामीण सडक बन्द भएका छन्।

images
images

उपप्रमुख शर्माले भने, 'यसै वर्ष स्तर वृद्धि गरेर कालेपत्र र ढलान गरिएको कुश्मिसेरा-सर्कुवा-व्याडथला खण्डमा गएको पहिरोले जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। अविरल वर्षा भइरहेकाले तत्काल सडक स्तरोन्नति गरी सञ्चालन गर्ने अवस्था छैन।' 

जैमिनी नगरपालिको केन्द्रबाट जाने अधिकांश सडक पहिरोले अवरुद्ध बनेका उनले जानकारी दिए। उपप्रमुख शर्माका अनुसार कालिगण्डकी करिडोर खण्डको विनामारेमा सडक माथिबाट आएको लेदोसहितको पहिरोले करिडोर अवरुद्ध बनेको छ।

वर्षाका कारण जिल्लाको गलकोटबाट हिल हुँदै ताराखाला जाने सडक पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। बागलुङ हुँदै म्याग्दीको बेनीबजार जाने खण्डअन्तर्गत बागलुङ नगरपालिका-४ बान्द्रेमा सडक माथिबाट आएको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले बताए। रासस


प्रकाशित : शनिबार, असार २२ २०८११६:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend