दोलखा- दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एकजना बेपत्ता भएका छन् भने तीन वटा घर बगेका छन् ।
शुक्रबार राति रोल्वालिङ खोलाको बाढीले रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी गौरीशंकर-९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताए।
वडाध्यक्ष शेर्पाका अनुसार बाढीबाट भएको क्षतिको विवरण संकलन भइरहेको बताए। छ्योतछयोत सिमिगाउँका जाङ्मु शेर्पा करिब ३० वर्षदेखि गौरीशंकर-९ डोडाङमा होटल व्यवसाय गर्दै आएका थिए। रासस