आइतबार, भदौ २३ गते २०८१    
images
images

हेलमार्व अटोका लाइट कमर्सियल ईभी गाडीहरू नेपाल आउँदै

images
शनिबार, असार २२ २०८१
images
images
हेलमार्व अटोका लाइट कमर्सियल ईभी गाडीहरू नेपाल आउँदै

यस एचई सभेन मोडलले २५० किलोमिटर सम्मको रेञ्ज दिने कम्पनीको दाबी छ। डीसी फास्ट चार्जरको प्रयोग गरी यसलाई ४० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

images
images

काठमाडौं- चीनको प्रतिष्ठित हेलमार्व अटोका लाइट कमर्सियल ईभी गाडीहरूको आधिकारिक बिक्रेतामा वेबोर ग्रुपअन्तर्गतको नेक्सन भेन्चर्स प्रालि नियुक्त भएको छ। लाइट कमर्सियल गाडीहरुमा एचई सिक्स- ११ सीटर, एचई सभेन- १४ सीटर तथा एचई सेभेन सी- कार्गो मोडल नेपालमा आउन लागेका हुन्।

images
images
images

प्योर ईभी प्लेटफर्ममा निर्मित एचई सिक्स- ११ सीटर प्यासेन्जर भ्यानको लम्बाई ४८६५ एमएम, चौडाई १७१५ एमएम तथा उचाई १९९५ एमएम रहेको छ। यसको ह्वीलबेस ३०५० एमएम छ। १४ इन्चको अलोय ह्वील तथा ग्राउण्ड क्लियरेन्स १८५ एमएम छ।

यस मोडलमा ४१.८६ किलोवाट आवरको उत्कृष्ट सीएटीएल ब्याट्री र ७० किलोवाटको पिक पावर मोटर रहेको छ। यस एचई सिक्स मोडलले ३०० किलोमिटर रेञ्ज दिने कम्पनीको दाबी छ। डीसी फास्ट चार्जरको प्रयोग गरी यसलाई ४० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

त्यस्तै एचई सभेन- १४ सीटर प्यासेन्जर भ्यानको को लम्बाई ५२६५ एमएम, चौडाई १७१५ एमएम तथा उचाई २०६५ एमएम रहेको छ। यसको ह्वीलबेस ३४५० एमएम छ। १४ इन्चको अलोय ह्वील तथा ग्राउण्ड क्लियरेन्स १८५ एमएम रहेको छ।

images

यस मोडलमा पनि ४१.८६ किलोवाट आवरको उत्कृष्ट सीएटीएल ब्याट्री र ७० किलोवाटको पिक पावर मोटर रहेको छ। यस एचई सभेन मोडलले २५० किलोमिटर सम्मको रेञ्ज दिने कम्पनीको दाबी छ। डीसी फास्ट चार्जरको प्रयोग गरी यसलाई ४० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

helmarv (2).jfif

त्यस्तै एचई सभेन सी- कार्गो भ्यानको लम्बाई ५२६५ एमएम, चौडाई १७१५ एमएम तथा उचाई २०६५ एमएम रहेको छ। यसको ह्वीलबेस ३४५० एमएम छ। १४ इन्चको अलोय ह्वील तथा ग्राउण्ड क्लियरेन्स १८५ एमएम रहेको छ। यस मोडलमा पनी ४१.८६ किलोवाट आवरको उत्कृष्ट सीएटीएल ब्याट्री र ७० किलोवाटको पिक पावर मोटर रहेको छ।

१.२ टन सम्मको लोड क्षमता रहेको यस एचई सभेन सी मोडलले २५० किलोमिटर सम्मको रेञ्ज दिने कम्पनीको दाबी छ। डीसी फास्ट चार्जरको प्रयोग गरी यसलाई ४० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

helmarv (3).jfif

केही दिनअघिमात्र वेबोर ग्रुपअन्तर्गतको नेक्सन भेन्चर्स प्रालिले विश्वको प्रसिद्ध डिजाइन हाउस सांघाई लञ्च अटोमोटीभको प्रिमियम इलेक्ट्रिक एसयूभी एलईभी - ०१ नेपालमा ल्याउने जनाएको थियो।

ईभी गाडीहरुको बढ्दो बिक्रीलाई ध्यानमा राखेर नेपालको मुख्य राजमार्गहरुमा ७२ ओटा ८० किलोवाटको डीसी फास्ट चार्जरहरुको पूर्वाधार निर्माण तथा सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ।


प्रकाशित : शनिबार, असार २२ २०८११३:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend