बुधबार, मंसिर १२ गते २०८१    
images
images

पहिरोले म्याग्दीका प्रमुख सडक अवरुद्ध : झरीले पहिरो पन्छाउन समस्या

images
शनिबार, असार २२ २०८१
images
images
पहिरोले म्याग्दीका प्रमुख सडक अवरुद्ध : झरीले पहिरो पन्छाउन समस्या

बेनी-जोमसोम सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्री समस्या परेका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा उत्पादन भएको आलु बजार पठाउन समस्या भएको छ।

images
images

म्याग्दी- अविरल वर्षाले पहिरो खस्दा  म्याग्दीलाई राष्ट्रिय राजमार्ग, सदरमुकाम बेनीलाई ग्रामीण क्षेत्र र मुस्ताङसँग जोड्ने सडक अवरुद्ध भएका छन्।

images
images
images

पर्वतको कुश्मा नगरपालिका-१ मालढुंगामा खसेको पहिरोले म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा-बेनी सडक अवरुद्ध बनेको छ। यो सडक अवरुद्ध हुँदा म्याग्दीदेखि प्रदेश राजधानी पोखरा जाने आउने सवारीसाधनले बागलुङ-बेनी वैकल्पिक सडक प्रयोग गरेका छन्।

images

जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङस्थित चिनको सिमाना कोरला नाका जोड्ने बेनी-जोमसोम-कोरला सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका-२ र ३ मा पर्ने सिरुवारी र बैसरीमा पहिरो खसेपछि आज बिहानैदेखि सवारीसाधन आवतजावत बन्द भएको हो। 

images

बेनी-जोमसोम-कोरला सडक आयोजनाका सवइञ्जिनियर सोहनजंग कार्कीले पहिरो पन्छाउन उपकरण तयारी अवस्थामा रहे पनि बर्सात र पहिरो खस्नेक्रम नरोकिएकाले समस्या भएको बताए। आयोजनाअन्तर्गत पर्ने मालढुंगा-बेनी सडक खुलाउन पनि उपकरण परिचालन भएको छ।

बेनी-जोमसोम सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्री समस्या परेका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा उत्पादन भएको आलु बजार पठाउन समस्या भएको छ। 

स्तरोन्नतिका क्रममा रहेको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत पर्वतको मालढुंगादेखि म्याग्दी हुँदै मुस्ताङको लेतेसम्म १४ ठाउँमा पहिरो छन्। पहिरो र नदी कटानका कारण बेनी-जोमसोम सडकमा जोखिम र सास्तीपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ।

बेनी नगरपालिका-४ र मंगलला गाउँपालिका-२ को सिमानामा रहेको फापरखेतको पहिरोले धवलागिरि, मालिका र मंगला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी-दरबाङ सडक अवरुद्ध बनेको छ। पूर्वाधार विकास कार्यालयले फापरखेतको पहिरो पन्छाउने प्रयास गरे पनि निरन्तरको झरीले सफल भएको छैन। रासस


प्रकाशित : शनिबार, असार २२ २०८११३:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend