बुधबार, मंसिर १२ गते २०८१    
images
images

वर्षाका कारण अवरुद्ध बिपी र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा

images
शनिबार, असार २२ २०८१
images
images
वर्षाका कारण अवरुद्ध बिपी र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा

वर्षा निरन्तर भइरहेकाले सवारीसाधनलाई सहज रुपमा सञ्चालन गर्न समस्या भइरहेको प्रहरीले जनाएको छ।

images
images

धुलिखेल- बाढीका कारण अवरुद्ध भएको बिपी र अरनिको राजमार्ग अहिले एकतर्फी सञ्चालनमा आएका छन्। निरन्तर वर्षाका कारण सडक माथिबाट लेदोसहित आएको बाढीका कारण आज बिहानदेखि दुवै राजमार्ग अवरुद्ध भएकामा प्रहरी र स्थानीय जनप्रतिनिधिको पहलमा एकतर्फी सञ्चालनमा आएका हुन्।

images
images
images

काभ्रेपलाञ्चोक भएर सञ्चालित बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको मंगलटार, नार्के, ल्हासकोट र चारयसबेँसी तथा अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिकाको बाउन्नकिलो र धुलिखेल नगरपालिकाको तिरतिर धारामा भलसहितको बाढीका कारण अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालन आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।

images

शुक्रबार रातिदेखि परेको निरन्तर वर्षाका कारण आज बिहान रोशी-८ नार्के र चारसयबेँसी, वडा नं ९ को मंगलटारस्थित मंगलजनविजय मावि अगाडि, वडा नं ११ कालढुंगा र वडा नं १२ को माम्तिस्थित बिपी राजमार्गमा खहरेखोलाबाट लेदो आइ सडक अवरोध भएकामा प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको पहलमा सडक दुईतर्फी सञ्चालनका लागि काम भइरहेको प्रहरीले जनाएको छ।

images

प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार वर्षा निरन्तर भइरहेकाले समस्या भएका ठाउँमा प्रहरी परिचालन गरी सडक खुलाउने निरन्तर प्रयास भइरहेको छ। रोशी-७ ल्हासकोटस्थित बिपी राजमार्गमा खहरेखोलाबाट लेदो आइ सडक अवरुद्ध भएकामा यहाँ रातिदेखि प्रहरीले सडक सञ्चालनको पहल गरेको थियो। 

स्थानीय र जनप्रतिनिधिसँगको समन्वयमा जेसिबी र स्काभेटरको सहयोगमा सडक खुलाएर अहिले एकतर्फी सवारी सञ्चालन भइरहेका प्रनाउ श्रेष्ठले जानकारी दिए।

आज बिहान अरनिको राजमार्ग खण्डअन्तर्गत पाँचखाल नगरपालिका-८ को ५२ किलोस्थित खहरेखोलाबाट लेदोसहितको बाढी आएर सडक अवरुद्ध भएको थियो। सो स्थानमा पनि अहिले एकतर्फीरुपमा सवारी सञ्चालन भइरहेका उनले बताए।

उक्त स्थानलगायत धुलिखेल नगरपालिका-८ तिरतिरेधारा नजिकै पहिरो आउनुका साथै रुख ढलेर अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालन भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए।

वर्षा निरन्तर भइरहेकाले सवारीसाधनलाई सहज रुपमा सञ्चालन गर्न समस्या भइरहेको प्रहरीले जनाएको छ। रासस


प्रकाशित : शनिबार, असार २२ २०८११३:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend