सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

भोटेकोशी जलविद्युत् आयोजनाको स्ल्याब भत्किँदा दुईजना बेपत्ता, सातजना घाइते

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार २१ २०८१
images
images
भोटेकोशी जलविद्युत् आयोजनाको स्ल्याब भत्किँदा दुईजना बेपत्ता, सातजना घाइते

बेपत्ताको खोजी गर्न सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा बर्दियाका रामदिन थारू र सुमन थारू रहेका छन्।

images
images

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाको स्ल्याब भत्किँदा दुईजना बेपत्ता भएका छन्। उक्त घटनामा सात कामदार घाइते भएका छन्।

images
images

इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीका अनुसार एक वर्ष अघि निर्माण सुरु गरिएको सो आयोजनाको कभर स्ल्याबको माथिल्लो संरचना भत्किएको हो।

images
images

बेपत्ताको अवस्था अज्ञात रहेको उनले बताए। घाइते सबैलाई उद्धार गरी बाह्रबिसेस्थित किस्टोन हस्पिटल र बाह्रबिसे नगर अस्पताल लगिएको छ। 

images
images
images

बेपत्ताको खोजी गर्न सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी निरीक्षक जोशीले बताए। बेपत्ता हुनेमा बर्दियाका रामदिन थारू र सुमन थारू रहेका छन्।

यस्तै उक्त घटनामा घाइते हुनेमा बर्दियाका लहानु थारू र दुर्गा चौधरी, दोलखाको कालिञ्चोकका आइतबहादुर थामी, विजय थामी, गोपाल थामी, दीपक थामी, आइतमान थामी, पदमबहादुर थामी र रामचन्द्र रिमाल तथा रोल्पाका सासन रोकामगर रहेका छन्।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना खटिएको छ। रासस 


प्रकाशित : शुक्रबार, असार २१ २०८११८:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend