सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

भेनियर पत्ताको निर्यात बढ्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार २१ २०८१
images
images
भेनियर पत्ताको निर्यात बढ्यो

हाल नेपालमा एक सय ८० भन्दा बढी भेनियर उद्योग सञ्चालनमा छन् जसले ८० हजारभन्दा बढी मजदुरलाई प्रत्यक्ष/परोक्ष रुपमा रोजगारी उपलब्ध गराएका छन्।

images
images

झापा- मेची भन्सार कार्यालय काँकरभिट्टा नाकाबाट चालु आवको ११ महिनामा ५० करोड २४ लाख ४ हजार रुपैयाँ बराबरको भेनियर पत्ता निर्यात भएको छ। 

images
images

मेची भन्सार कार्यालय काँकरभिट्टाको तथ्यांकअनुसार गत आव २०७९/८० को जेठ मसान्तसम्ममा ३ करोड ७० लाख १४ हजार रुपैयाँ बराबरको भेनियर पत्ता निर्यात भएको थियो। 

images
images

नेपाल भेनियर उत्पादक संघका महासचिव दिनेश शाक्यका अनुसार भारतमा माग उच्च भएपछि नेपालबाट प्लाइउड बनाउन आवश्यक पर्ने मुख्य कच्चापदार्थ भेनियर पत्ताको निर्यात बढेको हो।

images
images
images

'केही वर्ष पहिले भेनियर पत्ताको व्यापार नेपालमा मात्रै हुने गथ्र्याे, यहाँ आर्थिक मन्दी सुरु भएसँगै भेनियर पत्ताको व्यापार भारततर्फ बढ्दा किसानलाई लाभ मिलेको छ', महासचिव शाक्यले भने। 

पहाड तथा तराई क्षेत्रको निजी आवादी जग्गामा हुर्काइएका कमसल प्रजातिका उत्तिस, चिलाउने, कदम, पिठारो, मलातो, मौवालगायत रूखका काठलाई कच्चापदार्थका रुपमा प्रयोग गरी उद्योगले भेनियर पत्ता उत्पादन गरिरहेको भेनियर उत्पादक संघका महासचिव शाक्यले बताए।

उनले भने, 'भेनियर पत्ता निर्यातबाट दैनिक लाखौँ राजस्व बुझाउने उद्योगलाई सरकारले निर्यातमा सहुलियत दिन सक्यो भने निर्यात बढ्न गई विदेशी मुद्रा आर्जन गर्न सकिन्छ।'  

नेपाल भेनियर उत्पादक संघका अनुसार हाल नेपालमा एक सय ८० भन्दा बढी भेनियर उद्योग सञ्चालनमा छन् जसले ८० हजारभन्दा बढी मजदुरलाई प्रत्यक्ष/परोक्ष रुपमा रोजगारी उपलब्ध गराएका छन्। रासस


प्रकाशित : शुक्रबार, असार २१ २०८११८:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend