सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

अब अनिवार्य रुपमा लेमिनेटेड बोरामा सिमेन्ट प्याकिङ हुनुपर्ने, उपभोक्तालाई १० रुपैयाँ भार थपिने

images
शुक्रबार, असार २१ २०८१
images
images
अब अनिवार्य रुपमा लेमिनेटेड बोरामा सिमेन्ट प्याकिङ हुनुपर्ने, उपभोक्तालाई १० रुपैयाँ भार थपिने

असार २० गते बसेको मन्त्रिपरिषद् वैठकले ५० किलोको सिमेन्ट प्याकेजिङमा अनिवार्य रुपमा लेमिनेटेड बोरा हुनु पर्ने निर्णय गरेको हो।

images
images

काठमाडौं- अब सिमन्ट उत्पादक कम्पनीले सिमेन्ट लेमिनेटेड बोरामा प्याकेजिङ गरेर बजारमा पठाउनु पर्ने भएको छ।

images
images

असार २० गते बसेको मन्त्रिपरिषद् वैठकले ५० किलोको सिमेन्ट प्याकेजिङमा अनिवार्य रुपमा लेमिनेटेड बोरा हुनु पर्ने निर्णय गरेको हो।

images
images

गुणस्तर तथा नापतौल विभागमार्फत उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय भएको हो। लेमिनेटेड बोरा अन्य बोराको मूल्य हाल प्रयोगमा रहेका बोराको तुलनामा १० रुपैयाँ बढी पर्छ। 

images
images
images

नेपाल राजपत्रमा सूचना जारी भएको १ सय २१औँ दिनदेखि लागु हुने गरी निर्णय भएको छ। नेपाल गुणस्तर परिषद्‌बाट निर्धारण गरिएको नेपाल गुणस्तर ५९१:२०७७ वा नेपाल गुणस्तर ५९२:२०७७ बमोजिम उत्पादन भएको लेमिनेटेड बोरामा अनिवार्य रुपमा प्याकेजिङ गरी ५० केजी सिमेन्टको उत्पादन भण्डारण, ओसारपसार तथा बिक्री वितरण गर्ने गरी तोक्ने भनी मन्त्रिपरिषदबाट निर्णय भएको थियो।

यो व्यवस्था विभागले पहिले नै लागु गर्ने निर्णय गरेको थियो। विभागको निर्णय कार्यान्यवन हुन सकेको थिएन। मन्त्रिपरिषद्ले निर्णय गरेसँगै अब कार्यान्वयनमा आउने भएको छ। 


प्रकाशित : शुक्रबार, असार २१ २०८११८:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend