बुधबार, मंसिर १२ गते २०८१    
images
images

योजना आयोगका उपाध्यक्षसहितको टोली अमेरिका भ्रमणमा जाँदै

images
शुक्रबार, असार २१ २०८१
images
images
योजना आयोगका उपाध्यक्षसहितको टोली अमेरिका भ्रमणमा जाँदै

सरकार ढलेसँगै स्वभाविक रुपमा राजिनामा दिएर बाहिरिनुपर्ने प्रकृतिको पदमा रहेका योजना आयोगका उपाध्यक्ष र सदस्यहरु भने यहीबीचमा अमेरिका भ्रमणमा जाने भएका छन्।

images
images

काठमाडौं- सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परिसकेको छ। अल्पमतमा परेपछि प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने तय भइसकेको छ। 

images
images
images

अहिलेसम्मको अवस्थामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सरकार असार २८ गते ढल्ने निश्चित भइसकेको छ। 

images

सरकार ढलेसँगै स्वभाविक रुपमा राजिनामा दिएर बाहिरिनुपर्ने प्रकृतिको पदमा रहेका योजना आयोगका उपाध्यक्ष र सदस्यहरु भने यहीबीचमा अमेरिका भ्रमणमा जाने भएका छन्। 

images

अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्र संघको उच्चस्तरीय राजनीतिक फोरममा सहभागी हुन आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ शनिबार प्रस्थान गर्दैछन्। श्रेष्ठसँगै सदस्य संगिता सिंह र सचिव पनि जाने भएका छन्। साउन ३ गतेसम्म चल्ने उक्त फोरममा उनीहरू जाने भएका छन्। 

सरकार अल्पमतामा परेको निश्चित भइसकेपछि राजनीतिक प्रतिनिधित्व हुने गरी वैदेशिक भ्रमण स्वीकृत नगर्ने प्रचलन रहेको छ। तर सरकारले उपाध्यक्ष श्रेष्ठमात्र होइन सदस्य रामकुमार फुँयाल पनि अमेरिकाको भ्रमण स्वीकृत गरेको छ। 

उपाध्यक्षको भ्रमणलाई असार १७ गतेको बैठकले भ्रमण स्वीकृत गरेपनि फुँयालको भ्रमण भने असार २० गते बसेको बैठकले स्वीकृत गरेको हो। अन्तिममा अवसर दिनका लागि जस्तो गरी अनावश्यक जम्बो भ्रमण टोली बनाइएको आयोगका अधिकारीहरूले बताएका छन्। 


प्रकाशित : शुक्रबार, असार २१ २०८११७:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend