बुधबार, मंसिर १२ गते २०८१    
images
images

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार २१ २०८१
images
images
राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित

बैठकमा अर्थमन्त्री पुनले प्रस्तुत गरेको आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार विधेयक, २०८१ लाई विचार गरियोस् भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ।

images
images

काठमाडाैं- राष्ट्रियसभाको आज शुक्रबारको बैठकले विनियोजन विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ।

images
images
images

विधेयकअन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम आज सकिएपछि उक्त विधेयक पारित भएको हो। 

images

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक निर्णयार्थ प्रस्तुत गर्दा बैठकले सर्वसम्मतिले पारित गरेको हो। उक्त विधेयक पारित गरियोस् भनी अर्थमन्त्री वर्षमान पुनले सभासमक्ष प्रस्ताव गरेका थिए। 

images

दुवै सदनबाट पारित भएको विनियोजन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरणपछि नयाँ आर्थिक वर्षको पहिलो दिन (साउन १ गते) देखि लागू हुनेछ।

आजको बैठकमा अर्थमन्त्री पुनले प्रस्तुत गरेको आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार विधेयक, २०८१ लाई विचार गरियोस् भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ।

ती विधेयकमा सांसदको संशोधन (सुझाव) का आधारमा आगामी बैठकमा दफाबार छलफल हुनेछ। राष्ट्रियसभाको अर्को बैठक यही असार २३ गते आइतबार बिहान ११ः१५ बजे बस्नेछ। रासस


प्रकाशित : शुक्रबार, असार २१ २०८११७:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend