आइतबार, चैत २४ गते २०८१     ५ : १६ : ०१
आइतबार, चैत २४ २०८१
images
images

८ विधामा इन्जिनियरहरूलाई पुरस्कृत गरिँदै, इन्जिनियर्स एशोसिएसनले माग्याे आवेदन

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार २१ २०८१
images
images
८ विधामा इन्जिनियरहरूलाई पुरस्कृत गरिँदै, इन्जिनियर्स एशोसिएसनले माग्याे आवेदन

पुरस्कार र सम्मानका लागि परेका आवेदनहरूमध्येबाट पुरस्कार तथा सम्मानका लागि निर्णायक समितिले नाम छनाैट गर्ने छ।

images
images

काठमाडौं- नेपाल इन्जिनियर्स एशोसिएसनले इन्जिनियर दिवसकाे अवसर पारेर ८ विधामा उत्कृष्ट इन्जिनियरहरूलाई सम्मान एवं पुरस्कृत गर्ने भएकाे छ। 

images
images

आफ्नाे विधाबाट देशका लागि याेगदान गर्ने इन्जिनियरहरूकाे मूल्यांकनका लागि सम्मान तथा पुरस्कृत गर्न लागिएकाे एशोसिएसनका महासचिव रविभूषण झाले जानकारी दिए। 

images
images

त्यसका लागि असार २५ गतेभित्र आफू वा आफूलाई उपयुक्त लागेकाे व्यक्तिकाे नाम सिफारिस गर्न एशोसिएसनले सार्वजनिक सूचना जारी गरेकाे छ। साउन ३ गते ६२ औँ इन्जिनियर दिवसकाे समाराेहमा पुरस्कार तथा सम्मानपत्र हस्तान्तरण गरिनेछ।

images
images

पुरस्कार र सम्मानका लागि परेका आवेदनहरूमध्येबाट पुरस्कार तथा सम्मानका लागि निर्णायक समितिले नाम छनाैट गर्ने छ।


प्रकाशित : शुक्रबार, असार २१ २०८११३:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend