शनिबार, मंसिर ८ गते २०८१    
images
images

टुंगिँदै नबिल र बंगलादेश बैंक मर्जर : दुवै बैंकले बनाए मर्जर समिति, कति होला स्वाप रेसियो?

images
बिहीबार , पुस १५ २०७८
images
images
टुंगिँदै नबिल र बंगलादेश बैंक मर्जर : दुवै बैंकले बनाए मर्जर समिति, कति होला स्वाप रेसियो?

नेपाल बंगलादेश बैंक (एनबी) मा रहेको आईएफईसीको सेयर बिनोद चौधरीकी श्रीमती सारिका चौधरीले खरिद गरेसँगै नबिल बैंकसँग मर्जर प्रक्रियाले औपचारिकता पाएको छ।

images
images

काठमाडौं- नेपाल बंगलादेश बैंक (एनबी) मा रहेको आईएफईसीको सेयर बिनोद चौधरीकी श्रीमती सारिका चौधरीले खरिद गरेसँगै नबिल बैंकसँग मर्जर प्रक्रियाले औपचारिकता पाएको छ।

images
images
images

मर्जरका लागि नबिल बैंकले बुधबार समिति गठन गरेको थियो भने बिहीबार बंगलादेश बैंकले मर्जर समिति गठन गरेको छ। दुवै समितिले अब संयुक्त छलफल गरेर मर्जरको प्रस्ताव तयार पार्ने छन्। 

images

आईएफईसीको सेयर चौधरीले ४ करोड २२ लाख ६७ हजार ९११ कित्ता सेयर ६ अर्ब ६३ करोड ६० लाख रुपैयाँमा खरिद गर्ने निश्चित भएको हो। 

images

नबिल बैंकका सञ्चालक उदयकृष्ण उपाध्यायको नेतृत्वमा संयुक्त मर्जर समिति गठन भएको छ। नबिल बैंकले यसअघि  पनि उपाध्यायको संयोजकत्वमा मर्जर समिति गठन गरेको थियो। नबिलको सञ्चालक समितिले सोही समितिलाई कामको जिम्मेवारी दिएको हो। 

मर्जर समितिले सेयर मिलान अनुपात (स्वाप) लगायत विषयमा छलफल गरेर सहमति गर्ने छ। नबिल बैंकले चौधरी ग्रुपको लगानी रहेको युनाटइटेड फाइनान्सलाई प्राप्ति गरेको थियो। युनाइटेडलाई नबिल बैंकले ३५ रुपैयाँ स्वाप रेसियोमा आधारमा प्राप्ति गरेको थियो। तर बंगलादेशसँगको स्वाप भने टुंगिन केही समय लाग्ने बुझिएको छ। 

अबको एक साताभित्रै सम्झौता गर्नेगरी प्रक्रिया अगाडि बढाइएको छ। जसमा स्वाप रेसियोको विषय भने दुवै बैंकको सम्पत्ति मूल्यांकन (डीडीए) गरेपछि मात्रै अगाडि बढ्ने छ।


प्रकाशित : बिहीबार , पुस १५ २०७८१२:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend