आइतबार, भदौ २३ गते २०८१    
images
images

इन्जिन बिग्रिएर ग्राउन्डेड भएको निगमको एयर बस ३२० कतारबाट कहिले फर्किएला?  

images
बिहीबार , पुस १५ २०७८
images
images
इन्जिन बिग्रिएर ग्राउन्डेड भएको निगमको एयर बस ३२० कतारबाट कहिले फर्किएला?  

मंगलबार नेपालबाट यात्रु लिएर कतार पुगेको नेपाल एयरलाइन्सको एयर बस ३२० जहाजको इन्जिन बिग्रिँदा पुस १३ गतेदेखि कतारको दोहामै ग्राउन्डेड भएको छ।  जहाजको इन्जिन मर्मत नगरी उडानयोग्य नहुने भएको छ।

images
images

काठमाडौं- मंगलबार नेपालबाट यात्रु लिएर कतार पुगेको नेपाल एयरलाइन्सको एयर बस ३२० जहाजको इन्जिन बिग्रिँदा पुस १३ गतेदेखि कतारको दोहामै ग्राउन्डेड भएको छ।  जहाजको इन्जिन मर्मत नगरी उडानयोग्य नहुने भएको छ।

images
images
images

जहाज अवतरणपछि पार्किङ वेमा लैजाँदै गर्दा समस्या देखिएको विज्ञप्तीमार्फत निगमले जानकारी दिएको छ। 

नाइन एन एकेडब्लु कलसाइन भएको एयरबस ३२० जहाजको वायाँ इन्जिनमा समस्या देखिएको हो। जहाजको इन्जिनमा समस्या देखिएसँगै जहाज नेपाल ल्याउने विषय पनि अन्योलमा छ। अब जहाजको इन्जिन नै फेर्नुपर्ने छ। इन्जिन निर्माता कम्पनीले अहिलेको इन्जिन झिकेर नै मर्मत गर्नु पर्ने हुँदा अर्को इन्जिन प्रयोग गर्न सुझाव दिएको छ। 

निगमले जहाजको इन्जिन झिकेर मर्मत गर्न कम्पनीमा पठाउँदासम्म अर्को इन्जिन प्रयोग गर्नुपर्ने हुन्छ। तर निगम व्यवस्थापनले सिधै अर्को इन्जिन भाडामा लिन पाउँदैन। बिग्रिएको इन्जिन मर्मत नहुँदासम्म भाडामा इन्जिन लिने लगायतको विषयमा निगम व्यवस्थापनले सिधै निर्णय गर्न पाउँदैन।

images

यसका लागि निगम व्यवस्थापनले सञ्चालक बोर्डमा लगेर जहाजको इन्जिन मर्मतमा पठाउन कोटेशन मागेर अर्को इन्जिन भाडामा ल्याउन टैन्डर नै गरेर काम गर्नुपर्ने हुन्छ। यी सबै प्रक्रिया पूरा गर्न पनि निगमलाई १० देखि १५ दिनसम्म लाग्छ। यसअघि इन्जिन भाडामा लिने विषय सञ्चालक समितिबाट नै निर्णय हुँदै आएको छ। 

सबै प्रक्रिया पूरा गरेर अर्को इन्जिन राखेर जहाज नेपाल ल्याउन पनि कम्तिमा १५ दिन लाग्ने निगम स्रोतको दाबी छ।


प्रकाशित : बिहीबार , पुस १५ २०७८११:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend