शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

आईपीओ ल्याउने तयारीमा रहेको सर्वोत्तम स्टिलको रेटिङ कस्तो छ?

images
बिहीबार , असार २० २०८१
images
images
आईपीओ ल्याउने तयारीमा रहेको सर्वोत्तम स्टिलको रेटिङ कस्तो छ?

आईपीओ जारी गर्न अनुमति माग गर्दै धितोपत्रमा आवेदन दिइसकेको उद्योगको पाएको रेटिङ उत्कृष्ट भने होइन। मध्यम जोखिमसहितको अवस्था रहेको यो रेटिङले संकेत गर्छ।

images
images

काठमाडौं- नेपालको प्रमुख स्टिल उद्योगमा पर्ने सर्वोत्तम स्टिलले सेयर जारी गर्ने प्रयोजनका लागि रेटिङ गराएको छ। 

images
images
images

इन्फोमेरिक्स नेपाल कम्पनीलाई डबल बी माइनस रेटिङ दिएको छ। सौरभ समूहको मुख्य लगानी रहेको यो स्टिलको मुख्य स्ट्रेन्थ भनेको अनुभवी तथा बलियो व्यस्थापन र सुसज्जित उत्पादन चक्र हो। 

यद्यपि पछिल्लो समय स्टिलको बजारमा देखिएको मन्दी तथा सरकारी नीतिले भने आम्दानी प्रभावित भएको छ। गत आर्थिक वर्ष उद्योगको आम्दानी अघिल्लो वर्षको तुलनामा घटेको छ। अघिल्लो वर्ष ८ अर्ब ९३ करोड आम्दानी गरेको कम्पनीले गत वर्ष भने ७ अर्ब ७५ करोडमा सीमित भएको थियो। 

images

चालु वर्षको ६ महिनामा २ अर्ब ६३ करोड आम्दानी भएको कम्पनीले अनुमान गरेको छ। 

images

आईपीओ जारी गर्न अनुमति माग गर्दै धितोपत्रमा आवेदन दिइसकेको उद्योगको पाएको रेटिङ उत्कृष्ट भने होइन। मध्यम जोखिमसहितको अवस्था रहेको यो रेटिङले संकेत गर्छ। 

कुनै पनि उद्योगको मुख्य उत्पादन बिक्रीबाट हुने आम्दानी सञ्चालन आम्दानीमा गिरावट देखिएको छ। चालु वर्ष झनै खुम्चिने अनुमान गरिएको छ।

त्यस्तै कर तथा ह्रासकट्टीअघिको मुनाफा पनि यो वर्ष खुम्चिने प्रक्षेपण गरिएको छ। गत वर्ष करिब ५ प्रतिशत पुगेको यस्तो मुनाफा यो वर्ष २ प्रतिशतमुनी सीमित हुने प्रक्षेपण गरिएको छ। यसले कम्पनीको सञ्चालन दक्षतामा ह्रास आउन सक्ने चेतावनीका रुपमा लिइन्छ। 

त्यस्तै कुनै पनि कम्पनीको कुल ऋणको ब्याज खर्च र आम्दानीको अनुपात अर्को मुख्य सूचक हो। कुनै पनि संस्थाको आम्दानीले कति ब्याज तिर्न सक्छ वा सक्दैन भन्ने कुराले वित्तीय स्वास्थ्य वा ऋणको जोखिम निर्धारण हुन्छ। यस्तो अनुपात जति थोरै भयो उति समयमै ऋणको दायित्व पूरा गर्नसक्ने क्षमता कमजोर हुन्छ। अर्थात् ऋण सर्भिसिङबाहेक सञ्चालनका अन्य क्षेत्रमा लगानीका लागि पर्याप्त पुँजी हुँदैन। इन्टरेष्ट कभरेज रेसियो जति थोरै हुन्छ ऋणको दायित्व पूरा गर्ने सम्भावना कमजोर हुन्छ। यो सूचकमा सर्वोत्तमको अनुपात ०.२० मा झरेको छ। 

कम्पनीको ऋणको भार घटबढ भएको मापन गर्ने अर्को सूचक हो कुल ऋण दायित्व र सञ्चालन मुनाफाको अनुपात। यस्तो अनुपात जति थोरै भयो उति नै ऋणको भार न्यून भएको संकेत गर्छ। अर्थात् कम्पनीको सञ्चालन मुनाफाको कति गुणा ऋण छ भन्ने तथ्य देखाउँछ। यस्तो अनुपात ५१ गुणा पुगेको छ। 

रेटिङ एजेन्सीले सर्वोत्तमको तरलता उपलब्धतामा दबाब सिर्जना हुँदै गएको देखाएको छ। कम्पनीको चालु दायित्व र चालु सम्पत्तिको अनुपातमा सीमान्त ह्रासको बाटोमा देखिएको छ। यसले तरलतामा दबाब सिर्जना भएको देखाएको छ। 


प्रकाशित : बिहीबार , असार २० २०८११६:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend