बुधबार, मंसिर १२ गते २०८१    
images
images

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको अध्ययन जारी, एक महिनाको उपलब्धि सार्वजनिक गरिँदै

images
बिहीबार , असार २० २०८१
images
images
सहकारीसम्बन्धी संसदीय छानबिन समितिको अध्ययन जारी, एक महिनाको उपलब्धि सार्वजनिक गरिँदै

समितिको आजको बैठकमा महालेखापरीक्षक, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक, सहकारी विभागका रजिष्ट्रारलगायत सम्बन्धित निकायका कर्मचारीसँग छलफल भएको छ।

images
images

काठमाडौं- सहकारी संस्थाको बचत अपचलन सम्बन्धमा अध्ययन गर्न गठित संसदीय छानबिन विशेष समितिले कार्यादेशअनुसार अध्ययन गरिरहेको जनाएको छ।

images
images
images

समितिले सरोकार भएका निकायसँग कागजात झिकाउने, ती निकायका अधिकारीको भनाइ सुन्ने र छलफल गरी अध्ययन गरिरहेको समितिका सचिव बबिता मिश्रले जानकारी दिइन्।

images

यही असार २३ गते समिति गठन भएको एक महिना पूरा हुँदैछ। एक महिनामा भएका उपलब्धि सार्वजनिक गर्ने तयारीसमेत गरिएको मिश्रले जानकारी दिइन्।

images

उनका अनुसार समितिको आजको बैठकमा महालेखापरीक्षक, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक, सहकारी विभागका रजिष्ट्रारलगायत सम्बन्धित निकायका कर्मचारीसँग छलफल भएको छ।

शुक्रबार गृहसचिव, प्रहरी महानिरीक्षकलगायत उच्च प्रहरी अधिकारीसँग छलफल गरिने समिति सचिव मिश्रले बताइन्।

नेपाली कांग्रेसको लामो विरोधपछि प्रतिनिधिसभाबाट छानबिन समिति गठन भएको थियो।

समितिलाई समस्यामा परेका बचतकर्ताको रकमबारे अध्ययन गरी सिफारिस गर्ने, बचत फिर्ताको अवस्था कहाँ पुगेको छ, सोको अध्ययन गर्ने, रकम हिनामिना भएको भनिएका सहकारीबाट गोरखा मिडिया नेटवर्कमा रकम पठाउँदा कानुन बमोजिम प्रक्रिया पूरा गरी भए/नभएको लगायतका विषयमा अध्ययन गर्ने जिम्मेवारी दिइएको छ। रासस


प्रकाशित : बिहीबार , असार २० २०८११६:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend